ट्रेंडिंग:

>> सहिद गेटमा सभापति कपको ट्रफी अनावरण >> जेसिस बुटवल र लेडी जेसिसको संयुक्त आयोजनामा सहिदको शालिकमा माल्यार्पण >> त्रिवेणिमा ३३ विद्यालयका ७ सय ८० खेलाडीमा प्रतिस्पर्धा >> युगका शहिदहरूलाई सतत् नमन् >> शहिदको सपना पूरा गर >> मौसमी पर्यटन परम्परा >> कर्णालीः पर्यटनको ‘भर्जिन ल्याण्ड’ >> मौसम पूर्वानुमान : ३ प्रदेशमा हल्का वर्षा, ५ प्रदेशमा हिमपातको सम्भावना >> ‘फेक आइडी’ बाट गलत प्रचार गरे पाँच वर्षसम्म कैद >> संविधानले परिकल्पना गरेको लक्ष्य प्राप्त गर्नु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जलीः मुख्यमन्त्री आचार्य >> बढैयाताल माघ महोत्सव सुरू >> ‘भ्यालेन्टाइन डे’ मा तानसेनमा सडक खाना महोत्सव >> स्कलर्स होममा साहित्य अभिमुखीकरण >> नाडा लुम्बिनीको सप्ताहब्यापी कार्यक्रम >> प्रेस सेन्टर नेपाल रूपन्देहीद्वारा २१औं स्थापना दिवसमा दीप प्रज्वलन >> कफी पर्यटनः कति संभव >> पुर्वराजा शाह कपिलवस्तुमा >> अध्यादेशमार्फत जनता सन्तुष्ट, सरकारको कामप्रति सकारात्मक प्रतिक्रिया: प्रधानमन्त्री >> नेप्से परिसूचक २४.५० अङ्कले वृद्धि >> बराबरीमा रोकिए थ्री स्टार र चर्च ब्वाइज >> साउदी क्लब अल हिलाल छाडेर नेयमार हिडे, कता जाने टुंगो लाग्न बाँकी >> माघ १९ मा बुटवलमा फोहोर उठाउने दौड प्रतियोगिता >> कार्यव्यवस्था समितिको बैठकमा कांग्रेस र माओवादी बीच नोकझोक >> सामाजिक सञ्जालको नियन्त्रणका लागि सरकारले नयाँ विधेयक दर्ता गर्यो >> एमाले संसदीय दलको बैठक जारी >> समाजवादी मोर्चाको अन्तर्क्रिया सुरू >> ओलम्पिक खेलमा ट्रान्सजेन्डर खेलाडी माथि प्रतिबन्धको सम्भावना >> प्यालेस्टाइनको पक्षमा बोल्दा स्विटजरल्याण्डमा पत्रकार पक्राउ, तीन दिन पछि रिहा >> विदेश पठाइदिन्छु भन्दै लाखौं ठगी गरेको आरोपमा चार जना पक्राउ >> लोकतान्त्रिक सांस्कृतिक अभियान लिएर देश दौडाहामा निस्कदै >> कार्यव्यवस्था परामर्श समितिको बैठक सिंहदरवारमा जारी >> स्रोत नखुलेको १० लाखसहित बारामा दुई जना पक्राउ >> रोट्र्याक्टको नयाँ नेतृत्वको लागि प्रकाश शर्मा निर्वाचित >> रुकुम आठविसकोटमा एनएमबि बैंकको नयाँ शाखा उद्घाटन >> कपिलवस्तुको कृष्ण नगरबाट १ किलो चरेस सहित एक महिला पक्राउ >> कपिलवस्तुमा आत्महत्या रोक्न दुई हप्ते सचेतना अभियान >> एक सय जना महिलालाई एक हजार सात सय कुखुरा वितरण >> राष्ट्रपति पौडेलद्वारा दीप प्रज्वलन गरि सोनाम ल्होसारको शुभारम्भ >> ११ बजे मन्त्रीपरिषद बैठक बस्दै >> वडाको प्रशासनिक भवन निर्माण गरिने >> नेपालको राजनीतिक अस्थिरताका विविध पक्षहरू >> भारतबाट नब्बे हजार मेट्रिक टन गहुँ आयात गरिँदै >> मधेशमा दाइजोविरुद्ध अभियानको खाँचो >> बुटवल तिनकुनेमा डिडिसीको बिक्री काउन्टर >> ‘भन्सार कानून संसोधनबिना खुल्ला सीमा व्यवस्थापन असंभव’ >> रोकिएन ‘मोडिफाई बाईक’ आतंक थाक्यो कि, लोभियो प्रहरी ? >> प्रदेश राजधानीः देउखुरी पर्यटन >> मानसिक रोग विभाग युसिएमएस भैरहवाको २४ औं वार्षिकोत्सवमा गोष्ठी >> देशमा पश्चिमी वायुको सामान्य प्रभाव, कस्तो रहला दिनभरको मौसम ? >> सत्तापक्षको बैठक: अध्यादेशमा एउटै मत राख्ने, हिउँदे अधिवेशन प्रभावकारी बनाउने

‘शैक्षिक बेरोजगार सम्बोधन कार्यक्रम’

३ बैशाख २०८१, सोमबार
३ बैशाख २०८१, सोमबार

सुनवल, ३ बैशाख । पश्चिम नवलपरासीको प्रतापपुर गाँउपालिकाले शैक्षिक संस्थामा शिक्षक अभावको समस्या समाधान गर्न शैक्षिक बेरोजगार सम्बोधन कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । जसबाट माध्यमिक तह (कक्षा १२) उत्तिर्ण गरेर पनि बेरोजगार बसिरहेका युवायुवतीले विद्यालयमा अध्यापनको काम पाएका छन् भने शिक्षक अभावको समस्या पनि केहि हद सम्म समाधान भएको छ । अध्यक्ष शैक्षिक बेरोजगार सम्बोधन कार्यक्रम नाम दिईएको उक्त कार्यक्रम मार्फत युवायुवतीलाई रोजगारी पनि दिने र सामुदायिक विद्यालयमा देखिएको शिक्षक अभावको समस्या पनि समाधान गर्ने प्रयास थालिएको गाँउपालिका अध्यक्ष उमेशचन्द्र यादवले बताए । उक्त कार्यक्रम मार्फत गाँउपालिकाले चालु आर्थिक वर्षमा ४० लाख बजेट विनियोजन गरेको छ । सुरुमा कक्षा १२ वा स्नातक तहमा अध्ययनरत तथा स्नातक तह वा सो भन्दा माथीको योग्यता पुरा गरेर अन्य रोजगारीको अवसर नपाएकालाई समेट्ने गरी गाउँपालिकाले गत वर्ष कार्यविधि निर्माण गरेको थियो । सो कार्यविधिको आधारमा शैक्षिक बेरोजगार सुचिकृत गर्ने क्रममा १ सय ८८ जना सुचिकृत भएका थिए । ती मध्ये हाल २३ जनाले प्रा.वि. तहमा अध्यापन गराईरहेको अध्यक्ष यादवले बताए ।

गाउँपालिकाले रोजगारी सृजना गर्दे शैक्षिक जनशक्तिको अभाव पूर्ति गर्ने तथा शैक्षिक गुणस्तर सुधार गर्ने लक्ष्यका साथ यो कार्यक्रम संञ्चालनमा ल्याएको जनाएको छ । ‘युवायुवती पढेर पनि रोजगारी नपाउने अवस्था छ भने अर्कोतर्फ विद्यालयमा शिक्षक अभावको समस्या छ, पालिका भित्रकै शैक्षिक जनशक्तिलाई उपयोग गरेर समाधान खोज्नुपर्छ भन्ने उद्देश्यले बेरोजगार सम्बोधन कार्यक्रम ल्याईएको हो, अध्यक्ष यादवले भने ।’ पालिकाले विद्यालयमा हाजिर भई अध्यापन गराएको दिनको आधारमा मात्र सरकारले निर्धारण गरेको न्युनतम पारिश्रमिक उपलब्ध गराउने व्यवस्था गरेको छ । कुनै पनि व्यक्ति एक पटक छनौट भएपछि उक्त अध्यापन अनुमती एक आर्थिक वर्ष मात्र कायम रहने र गाँउसभाबाट बजेटको व्यवस्था भएमा पुन निरन्तरता पाउने कार्यविधिमा उल्लेख छ ।

प्रतापपुरमा २३ ओटा सामुदायिक विद्यालयमा २ सय ३५ शिक्षकले अध्यापन गराउदै आएका छन् । अझै पनि ५० जना शिक्षक अपुग रहेको गाउँपालिकाले जनाएको छ । गाँउपालिक भित्र रहेको विद्यालयमा शिक्षक र कक्षाकोठाको अभाव भएकाले समस्या हुँदै आएको छ । उक्त समस्या समाधानका लागि माथिल्ला दुई तहका सरकार संगै स्थानीय तह मार्फत काम भईरहेको अध्यक्ष यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?