© २०२३
बुटवल, ३ बैशाख । तस्करी गरी नेपाल भित्रिएको एक टिपर सामान भैरहवा भन्सार कार्यालय बेलहियाले नियन्त्रणमा लिएको छ । निर्माण सामग्री बोक्ने टिपरमा राती चोरी तस्करी गरेर नेपाल भित्रीएको ३५ लाख बराबरको सामान बरामद गरेको हो ।
भन्सार कार्यालय बेलैयाका अनुसार आइतबार बिहान ४ बजेतिर भन्सार चोरी तस्करी गरी नेपाल भित्रिएको सामान लोड गरिएको टिपर भैरहवा तर्फ आउँदै गरेको भन्ने सूचनाको आधारमा सामान सहित २ जनालाई नियन्त्रणमा लिएको हो । भन्सार कार्यालयका बेलहियाका अनुसार गौतमबुद्ध बिमास्थल नजिकै मौवा भन्ने स्थानमा रहेको सूचनाको आधारमा लु २ ख १२५३ नम्बरको टिपर र गाडीका चालक सन्दीप हरीजन सहचालक दिपक पथरकट्टालाई नियन्त्रणमा लिएको जनाएको छ । निर्माण सामग्री बोक्ने टिपर भएकाले सामान लुकाई छिपाई सामान ल्याएको पाईएको भैरहवा भन्सार कार्यालय बेलहियाका प्रमुख नारद गौतमले बताए ।
प्रमुख गौतमका अनुसार राती चोरी तस्करी भएर नेपाल भित्रिएको तस्करीको सामान सहित टिपर रहेको भन्ने सूचनाको आधारमा गाडी र चालक सहचालकलाई नियन्त्रणमा लिन सफल भएको बताए । टिपरमा १५ लाख बराबरको हुका फेलेबर र कपडाका बिभिन्न आईटमहरू रहेको पाइएको छ ।
टिप्परको २० लाख र सामानको १५ लाख गरी ३५ लाख बराबरको सामान मूल्यांकन गरी भन्सार लगिएको प्रमुख गौतमले बताए । तस्करीको सामान कुन नाकाबाट नेपाल भित्रीएको भन्ने खुलेको छैन अनुसन्धान भैरहेको छ । यता समाचार स्रोतका अनुसार टिपरले निर्माण सामग्री बोक्ने नाममा सिमा नाकामा सामान ओसारपसार गर्ने गरेको पाईएको छ । यसपाली पक्राउ प¥यो सामानत कतीपटक लग्यो उसैलाई थाहा होल । यसरी तस्करी गरेर नेपाल भित्रीएको सामान बुटवलका एक ब्यापारीको रहेको र उनको गोदाममा समेत भन्सार कार्यालयले छापा मारेको बुझीएको छ यसबारे भन्सार कार्यालय बेलैयाले सामानको गोदाम बुटवलमा रहेको भन्ने सूचना आएको त्यसबारे अनुसँधान भैरहेको बताएको छ ।