© २०२३
काठमाडौं,२ बैसाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा राजतन्त्र फर्काउन असम्भव रहेको बताएका छन् ।
आइतबार काठमाडौंमा सूर्यबहादुर थापाको नवौं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने भन्दै यही व्यवस्थालाई सुदृढ गरेर जानुपर्ने बताए ।
विगतमा बन्दुक उठाएकाहरूले पनि अहिले बहुदलीय व्यवस्था मानेर अगाडि बढेका भन्दै उनले बहुदलीय व्यवस्थालाई सुदृढीकरण गर्दै अगाडि बढ्नुको विकल्प छैन भने । सभापति देउवाले जनताको अधिकार, विकास, समृद्धि सबैका लागि यो व्यवस्था उपयुक्त भएको बताए ।