© २०२३
काठमाडौं,२ बैसाख । सत्तारूढ नेकपा एमालेका वैठक बस्दै छ । बैठक आज दिउँसो एक बजे पार्टी कार्यालयमा बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
उनकाअनुसार बैठकमा वैशाख ८ र ९ गते महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आह्वान गरेको विषयमा, इलाम र बझामा बैसाख १५ गते हुने उपनिर्वाचन तथा समसामयिक राजनीतिका विषयमा छलफल हुने छ। ललितपुरको गोदावरीमा बस्ने परिषद् बैठकमा करिब दुई हजार ५०० सहभागी हुनेछन्। बैठकमा ६ वटा दस्तावेज पेश गर्ने तयारी रहेको छ।
आजको सचिवालय बैठक त्यसैको तयारीमा केन्द्रीत भएर अनय विषयमा समेत छलफल गर्ने गरी बस्ने प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए।
यस्तै बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे पनि छलफल हुनेछ। वैशाख १५ गते इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम—२ मा प्रतिनिधि सभा र बझाङमा प्रदेश सभा सदस्य पदका लागि उपनिर्वाचन हुन लागेको हो।
इलाम—२ मा एमालेले सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको छ। आजको बैठकले उपनिर्वाचनको तयारी लगायतको विषयमा पनि निर्णय गर्ने गौतमले जानकारी दिए।