© २०२३
बुटवल, १ बैशाख । महाबिर पुन शनिबार आफ्नो आत्मकथा पुस्तक लिएर बुटवलमा आईपुगेका छन । पुस्तक बिक्रीबाट रकम संकलन गरेर बिरगंजको कृषि औजार कारखानामा राष्ट्रिय आविष्कार केन्द्र संचालन गर्ने उनको सोच छ । भैरहवा, लुम्बिनी क्षेत्रमा करीब एक हप्ता रहेको उनि शनिबार तिलोत्तमानगर हुदै बुटवलको योगीकुटीमा राति अबेरसम्म पुस्तक बिक्री गरे ।
सैनामैना मुर्गियाका स्थाई बसोबासी तथा हाल ओमनमा रहेका छबिलाल भण्डारीले ५० हजार बराबरको पुस्तक किनेर सहयोग गरे । नेपालपत्र साप्ताहिकको पुर्व प्रधानसम्पादक एकराज पाण्डेले भण्डारीको रकम पुनलाई पुस्तक खरिद गरि सहयोग रकम हस्तान्तरण गरे ।
लुम्बिनी प्रदेशमा महाबिर पुनलाई नेपाल मगर महिला संघ लुम्बिनी प्रदेशले आवश्यक सहयोग गरेको छ । संघका अध्यक्ष केशरी तरामु सहित टिम नै पुनको सहयोगमा लागेका छन । पुन अब पाच दिन बुटवलमा रहने संघका अध्यक्ष तरामुले बताईन ।
यसैक्रममा दाउन्ने फिड भैरहवाबाट अहिलेसम्मकै सबैभन्दा धेरै ३ लाख ९३ हजार ७ सय ५० रुपैया बराबरको पुस्तक खरिद गरि सहयोग भएको छ । यसैगरि परशुराम पराजुलीले १ लाख ५१ हजार, झम बहादुर गुरुङ १ लाख रुपैया बराबरको पुस्तक खरिद गरेका छन ।
महाबिर पुन ९७ दिनमा २८ जिल्ला पुगेर पुस्तक बिक्री गरिसकेको छन । यो अवधिमा करीब ५ करोड रुपैया बराबरको ८० हजार थान पुस्तक बिक्री भएको छ । पुनले २२ करोड रुपैया बराबरको पुस्तक बिक्री गर्ने लक्ष्य राखेका छन ।