Butwal Today

ठुलाखर्क सेवा समाज रूपन्देहीद्वारा भित्तेपात्रो विमोचन

२९ चैत्र २०८०, बिहीबार
अ+
अ-

बुटवल, २९ चैत ।

ठुलाखर्क सेवा समाज, रूपन्देहीले नव बर्ष २०८१ को अवसरमा शुभ कामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

समाजले नव बर्ष २०८१ को शुभकामना आदानप्रदानसँगै भित्ते पात्रो बिमोचन गरेको हो । कार्यक्रममा बोल्दै समाजका संरक्षक झविन्द्रराज ज्ञवालीले नयाँ वर्षले समाजले गर्ने कार्यक्रमहरु अझै प्रभावकारी बन्न सकुन् भन्ने शुभकामना दिए ।

उनले ठूलाखर्क सेवा समाजले बेलाबेलामा रचनात्मक र सामाजिक कार्य गर्दै आइरहेको भन्दै आगामी दिनमा समाजलाई थप गतिशिल ढंगले अगाडि बढाउनुपर्नेमा जोड दिए ।

समाजका अध्यक्ष टामलाल ज्ञवालीले विगतका वर्ष झैं समाजले आफ्ना गतिविधिलाई समेत समेटेर भित्तेपात्रो प्रकाशनमा ल्याएको बताए । उनले ठूलाखर्क सेवा समाजमा आवद्ध सबै सदस्यहरुको सक्रयताले समाज अहिलेको अवस्थामा आइपुगेको बताए ।