© २०२३
काठमाडौं, २७ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीले ४० बुँदे माग राखेर आन्दोलनमा उत्रिएको छ । राप्रपाको प्रदर्शनमा प्रहरीले पानीको फोहोरा हानेको छ ।
४० बुँदे माग राखेर आन्दोलनमा उत्रिएको राप्रपाको जुलुस भृकुटीमण्डपबाट सुरु भएको थियो ।
सिंहदरबारतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले रोकेको थियो ।
तर जुलुस अगाडि बढेपछि प्रहरीले पानीको फोहोरा हानेको छ । प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने क्रममा भद्रकालीबाट शाही लगायत केही कार्यकर्ता पक्राउ परेका हुन् ।
प्रहरीले राप्रपाको आन्दोलनमा बल प्रयोग गरिरहेको छ । प्रहरीको बल प्रयोगबाट एक कार्यकर्ता गम्भीर घाइते भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए ।
प्रहरीले अश्रुग्याँस र पानीको फोहोरा प्रहार गरेपछि जुलुस तितरबितर भएको छ। राप्रपाको जनप्रदर्शन अवरोध छिचोल्दै राप्रपा जुलुस भद्रकालीबाट सिंहदरबार पुगेको थियो ।