© २०२३
काठमाडौं,२७ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने माथि संसदीय छानबिन समिति गठन हुनै पर्ने बताएका छन् ।
आज बिहान बसेको पार्टीको संसदीय दलको बैठकमा सभापति देउवाले लामिछानेविरुद्ध धेरै प्रमाण भएको भन्दै संसदीय छानबिन हुनुपर्ने बताएका हुन् ।
रवि लामिछानेविरूद्ध धेरै प्रमाण भएका र लाखौं नागरिक ठगिएकाले न्याय दिन कांग्रेस लाग्नुपर्ने बताए । देउवाले संसदीय छानबिन समिति बन्नै पर्ने बताए । गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै कांग्रेसले संसदमा प्रश्न गरिरहेको छ । कांग्रेसले संसदीय छानबिन समिति गठन नभए संसद चल्न नदिने चेतावनी समेत दिएको छ ।