© २०२३
काठमाडौं ।
विश्वका सबैभन्दा बढी प्रदूषित शहरमा काठमाडौं तीन नम्बरमा परेको छ।
विश्वका प्रमुख शहरहरुको रियल टाइम वायु प्रदूषणबारे अध्ययन गर्ने आइक्यु एयर डटकमका अनुसार हिजो बेलुकी पनि काठमाडौंको वायु प्रदूषण विश्वकै तेस्रो शहरमा काठमाडौं पुगेको हो।
यसअघि पनि काठमाडौं विश्वको प्रदूषित शहरको पहिलो सूचीमा पुगेको थियो। यतिखेर विश्वकै प्रदूषित शहरको पहिलो भारतको नयाँदिल्ली रहेको छ भने दोस्रो थाइलाइन्ड रहेको छ। चौथोमा मलेसियाको क्वालालम्पुर शहर रहेको छ। पाचौँमा बंगलादेशको राजधानी ढाका रहेको छ।
काठमाडौंमा प्रदूषणका बढ्न थालेसँगै सर्वसाधारणहरुले आँखा पोलेको महसुस गरेका छन्। मौसम धुम्मिएसँगै काठमाडौंमा सोमबार वायु प्रदूषणको मात्रा अत्यधिक बढ्न थालेको छ।
आइक्यु एअरका अनुसार काठमाडौंको वायुमण्डलमा सोमबार एअर क्वालिटी इन्डेक्स एक्यूआई दुई सय ७२ भन्दा माथि पुगेको छ।
वन तथा वातावरण मन्त्रालयको वातावरण विभागअन्तर्गत वायु गुणस्तर निगरानीका अनुसार यतिखेर काठमाडौंको भैँसेपार्टी क्षेत्रमा अत्यधिक प्रदूषण रहेको देखिएको छ।
हाल उक्त क्षेत्रको एक्यूआई अहिले २७१ रहेको छ। रत्नपार्कको १७२, शंखपार्कको १६८,भक्तपुरको १०८ खुमलटारको १४५ रहेको छ।
वायु प्रदूषणले फोक्सोमा असर पुग्ने भएकाले घरबाहिर निस्कँदा अनिवार्य मास्क लगाउन चिकित्सकहरुले आग्रह गरेका छन्। वायु प्रदूषणले फोक्सोका साथै आँखा, मस्तिष्क र छालालाई समेत असर गर्ने हुँदा जोगिएर हिँड्न सरुवा रोग विशेषज्ञहरुले बताउँदै आएका छन्।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी