ट्रेंडिंग:

>> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प 

त्रिवि उपकुलपतिमाथि दलीय हस्तक्षेपको विरोधमा प्रदर्शन

२६ चैत्र २०८०, सोमबार
२६ चैत्र २०८०, सोमबार

बुटवल,२० चैत । त्रिभुवन विश्वविद्यालयको रेक्टर र रजिष्ट्रार नियुक्तिमा भइरहेको दलीय राजनीतिक हस्तक्षेपको विरोध गर्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको विद्यार्थी संगठनले बुटवलमा प्रदर्शन गरेको छ । अखिल नेपाल विद्यार्थी युनियन समाजवादीको अगुवाईमा बुटवल वहुमुखी क्याम्पसदेखि गोलपार्कसम्म विरोध प्रदर्शन भएको हो ।
विरोध प्रदर्शनका सहभागीहरुले ‘रजिष्ट्रार नियुक्तिमा राजनीतिक हस्तक्षेप बन्द गर’, ‘खुला प्रतिष्पर्धाबाट नियुक्ति गर’, ‘समाजवादी शिक्षा नीति लागु गर’, ‘प्रश्नपत्र अंग्रेजी र नेपाली दुबै माध्यममा तयार गर’,‘उत्तर पुस्तिका हराउनेमाथि कारवाही गर’,‘परीक्षाको नतिजा समयमै प्रकाशित गर’, ‘एमसीसी खारेज गर’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
प्रदर्शनपछि भएको कोणसभामा बोल्दै अखिल नेपाल विद्यार्थी युनियन समाजवादीका केन्द्रीय सदस्य विज्ञान सीले हालका उपकुलपति प्रा.डा. केशरजंग बराले रेक्टर र रजिष्ट्रार नियुक्तिका लागि सिफारिश गरेका व्यक्तिलाई रोकेर दलीय भागवण्डामा नियुक्त गर्न चलखेल गर्नु आपत्तिजनक भएको बताए ।
उपकुलपतिलाई स्वतन्त्र ढंगले काम गर्न नदिई राजनीतिक हस्तक्षेप गरेर राजीनामा दिन वाध्य पार्ने गरी प्रधानमन्त्री, एमाले अध्यक्ष र शिक्षामन्त्रीले नाजायज भूमिका खेलेको हुंदा विद्यार्थीहरु आन्दोलनमा उत्रिनुपरेको उनले बताए । उनले आफ्नो संगठनले त्रिविमा भइरहेको राजनीतिक भागवण्डा र हस्तक्षेपविरुद्ध चरणवद्ध आन्दोलन गर्ने बताए ।

त्रिभुवन विश्वविद्यालय २०८० पुस १२ गतेदेखि रजिस्ट्रारविहीन छ । रजिस्ट्रार पेशल दाहालको कार्यकाल पूरा भएपछि सरकारले हाललाई डा. कृष्णप्रसाद बस्याललाई निमित्त रजिस्ट्रार तोकेको छ ।
त्रिविका उपकुलपतिले रजिस्ट्रार र रेक्टर पद रिक्त भएपछि चैत ६ गते सूचना जारी गर्दै ७ दिनभित्र बायोडाटा बुझाउन आवेदन माग गरेका थिए । सोहीअनुसार उपकुलपति प्राडा केशरजंग बरालले चैत १५ मा रेक्टरमा प्रा.डा. खड्ग केसी र रजिस्ट्रारमा प्रा.डा. केदार रिजालको नाम त्रिविका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष सिफारिस गरेका थिए । तर प्रधानमन्त्रीले हालसम्म रोकेका कारण नियुक्ति प्रकृया अघि बढेको छैन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समेत उक्त सिफारिसमा हस्तक्षेप गरेको आरोप छ । गत शुक्रबार प्रधानमन्त्री दाहाल, ओली तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ र उपकुलपति बरालबीच बालुवाटारमा छलफल भएको थियो । छलफलमा एमाले अध्यक्ष ओलीले प्रगतिशील प्राध्यापक संगठनका अध्यक्ष प्रा.डा. वेदराज केसीलाई रजिस्ट्रार नियुक्त गर्नुपर्ने अडान लिएका थिए ।
त्यसपछि प्रधानमन्त्री प्रचण्डले नियुक्तिबारे पुनर्विचार गर्न त्रिवि उपकुलपति बराललाई निर्देशन दिएका थिए तर सिफारिस भएकालाई नै नियुक्ति हुनुपर्ने अडान त्रिवि उपकुलपति बरालको छ ।
प्रा.डा. केसीमाथि एमालेको राजनीतिमा सक्रिय रहेको आरोप छ । उनी २०७८ चैत २५ र २६ चैतमा काठमाडौंमा सम्पन्न संगठनको दशौँ राष्ट्रिय सम्मेलनमा नेपाल प्रगतिशील प्राध्यापक संगठनको अध्यक्षमा निर्वाचित भएका थिए । उपकुलपति बरालले भने खुला प्रतिस्पर्धाबाट योग्य व्यक्ति नियुक्त हुनुपर्ने माग गर्दै आएका छन् । उनले आफ्नो टिम बनाउन अधिकार पाउनुपर्ने पनि बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?