© २०२३
बुटवल, २६ चैत ।
नयाँ वर्ष २०८१ को अवसरमा ‘स्वागत नयाँ वर्षलाई, बाढौं खुशी सधैंलाई’ अफर ल्याएको छ।
यो अफर अन्तर्गत टीभी खरीदमा ३८ प्रतिशतसम्म, फ्रीज र वाशिङ मशिन खरीदमा ३० प्रतिशतसम्म छूटको व्यवस्था गरिएको छ। यससँगै निर्ब्याजी रूपमा मासिक किस्ताबन्दीमा सामसङ टीभी फ्रीज र वाशिङ मशिनको खरीद गर्न सकिने कम्पनीले जनाएको छ।
त्यस्तै, एफएचडी, क्रिस्टल यूएचडी, फ्रेम र क्यूएलईडी लगायत टीभी खरीद गर्दा ३८ प्रतिशतसम्म छूटको व्यवस्था छ। नागरिकता पेश गरेर ५५ इन्च वा त्योभन्दा ठूलो टीभी खरीद गर्दा इनस्टान्ट लोन पाइने कम्पनीले जनाएको छ। इनस्टा फाइनान्स सेवा मार्फत ईएमआई १८ महीनाको अवधिमा तिर्न सकिनेछ।
यसैगरी, ४३ इन्च वा त्योेभन्दा सानो टीभी खरीदमा १२ महीनाको अवधिमा ईएमआई तिर्न सकिनेछ। टीभीमा तीन वर्षको वारेन्टी प्रदान गरिने सामसङले जनाएको छ।
नयाँ वर्षको अवसर पारेर अन्य आकर्षक छूटको पनि व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
हिम इलेक्ट्रोनिक्स र त्रिवेणी व्यापारको डिलर नेटवर्क अन्तर्गत देशभर यो अफर २०८१ जेठ २ गतेसम्म लागू हुनेछ।