Butwal Today

मौरीपालनमा पुुरै गाउँ, यो वर्ष २८ लाखको मह बिक्री

२५ चैत्र २०८०, आइतबार
अ+
अ-

नवलपुर, २५ चैत ।

पुर्वी नवलपरासीको बुलिङटार गाउँपालिका वडा नं. २ डाँडाझेरी गोठडाँडाका पुरै गाउँ नै मौरीपालनमा लागेपछि यहाँका बासिन्दाको आर्थिक जीवनस्तर उकासिंदै जान थालेको छ ।

सिँगो गाउँ नै मौरीपालनमा रमाएको छ, यहाँका २२ घर परिवार बर्षौदेखि मौरीपालनमा ब्यस्त छ, मौरीबाट मह निकालेर बिक्री गर्न भ्याईनभ्याई भएको र गाउँमै मह लिन भीड लाग्ने गरेको स्थानीय मौरीपालक कृषक टिकाराम दर्लामी मगरले बताए ।

स्थानीय मौरीपालक कृषक टिकाराम दर्लामी मगर मौरीपालनबाट वार्षिक तीन लाख यो वर्ष खुद आम्दानी गरेको र यो मौरीपालन ब्यवसायलाई निरन्तरता दिईरहेको बताए ।

अत्याधुनिक मौरीको घारबाट मौरीपालन गर्ने प्रचलन भए पनि यहाँका बासिन्दाले काठको टिकाराम दर्लामी मगरले ४० बर्षदेखि काठको घार बनाएर नै मौरीपालन गरिरहेको र यो पेशाबाट राम्रो आम्दानी गरिरहेका स्थानीय यमबहादुर दर्लामी मगरले बताए ।

काठको घार बनाएर मौरीपालन गर्न थालेका यो गाउँका २० भन्दा बढी घर परिवारले ब्यावसायिक मौरीपालन गरेर उनीहरुको जीवनस्तरमा परिवर्तन आएको डाँडाझेरीका पुर्व वडाध्यक्ष प्रेमबहादुुर थापा मगरले बताए । यहाँको पुुरै गाउँ मौरीपालनमा ब्यस्त छ भने यहाँको मौरी अर्गाानिक रहेको र यहींबाट नै बिक्री हुने गरेको मौरीपालक कृषक मानविर मगरले बताए ।

प्रत्येकको घरघरमा काठका मौरीका घार र त्यसमाथि मौरी रहेका र चराउन पनि नपर्ने र कुनै पनि बिषादी प्रयोग नहुने र शुद्ध मह मात्र काठको मौरीको घारबाट निकालिने गरेको छ । यहाँको मह गुणस्तर भएकाले घरबाटै बिक्री हुने गरेको र सबै गाउँलेले बनाएको मह ग्राहकलाई पुर्याउन पनि मुस्किल भएको स्थानीय यम आले मगरले बताए ।

यो गाउँका स्थानीयले काठको बाहेक अन्य मौरीका घार प्रयोग गर्न सबैतिरबाट सहयोग समेत प्राप्त हुने आश्वासन पाए पनि उनीहरुले मौरीपालन काठकै घारमा गर्ने गरेका र काठको घारको मह अत्यन्तै राम्रो र मिठो हुने भएकाले पनि काठ बाहेक अन्य अत्याधुनिक घार उनीहरुले प्रयोग गर्न हिचकिचाएको स्थानीय शिक्षक राजेन्द्र रानाभाटले बताए ।

मौरीपालनबाट हरेक बर्ष एक घर परिवारले रु ५० हजारदेखि एक लाख सम्म कमाएको उनीहरु बताउँछन् । एक घर परिवारले २० देखि ५० वटा सम्म काठका मौरीका घारमा मौरीपालन गरेका छन् भने यो पेशालाई खासै मेहनत गर्न पनि नपर्ने भएकाले पनि यहाँका कृषकको आयआर्जनमा यसले ठूलो प्रभाव पारेको स्थानीय देउबहादुर मगरले बताए ।