ट्रेंडिंग:

>> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी

वन प्राविधिक संघमा प्रजातान्त्रिक प्यानलको बर्चश्व

दिगो वन व्यवस्थापन कार्यक्रम लागु र नेपाल वन परिषद स्थापना तत्काल गर्न माग
२५ चैत्र २०८०, आइतबार
२५ चैत्र २०८०, आइतबार

 बुटवल, २५ चैत ।   नेपाल वन प्राविधिक संघको अध्यक्षमा राकेश कर्ण निर्वाचित भएका छन् । कर्ण प्रजातान्त्रिक वन प्राविधिक संघ,नेपाल राष्ट्रिय वन प्राविधिक सञ्जाल र मधेशका लागि वनको प्यानलका उम्मेदवार थिए ।

कर्णले १२६१ मत पाउंदा एमाले निकट प्रगतिशिल वन प्राविधिक संघका विजयराज पौडेलले ८६८ मत पाए । शनिबार राति सम्पन्न चुनावबाट प्रजातान्त्रिक प्यानलले एक उपाध्यक्ष र सदस्य वाहेक सबै पदमा जित हासिल गरेको हो ।

उपाध्यक्षमा प्रगतिशील प्यानलका सुजितकुमार झा १०८२ मत पाएर निर्वाचित हुंदा प्रतिस्पर्धी अमरदेव यादवले १०२६ मत पाएका निर्वाचन समिति संयोजक अरुण शर्मा पौडेलले जानकारी दिए ।

प्रगतिशिल वन प्राविधिक संघ र मधेशका लागि वनको असन्तुष्ट समूह मिलेर प्यानल बनाएका थिए । महिला महासचिवमा सुनिता उलक,महासचिवमा गोबिन्दप्रसाद दाहाल,महिला सचिवमा श्रृजना श्रेष्ठ,सचिवमा सुदिप छत्कुली र कोषाध्यक्षमा सुजितकुमार राउत निर्वाचित भएका छन् ।
कार्यसमिति सदस्यहरुमा सुवासचन्द्र झा,प्रकाशराज रेग्मीनिरजबाबु भट्ट,प्रशासन सापकोटा,पुष्पाकुमारी मिश्रा,श्रृजना श्रेष्ठ र राधिका शर्मा निर्वाचित भएका निर्वाचन समिति संयोजक अरुण शर्मा पौडेलले बताए । राधिका शर्मा प्रगतिशील प्यानलकी हुन् ।

नवनिर्वाचित अध्यक्ष कर्णले देशको ४५ प्रतिशत भन्दा बढी हिस्सा वन क्षेत्रले ओगटेको हुँदाहुँदै देशका काठदाउरा जंगलमै सडेको र वार्षिक अरबौं रुपैंयाको काठ आयात गर्नु लज्जास्पद भएकोले वन श्रोतहरुलाई उत्पादनमुखी विज्ञानसम्मत हिसाबले ‘भरि वन संम्वद्धन प्रणाली’ (सिल्भिकल्चर बेस्ड म्यानेजमेन्ट) मा आधारित दिगो वन व्यवस्थापन कार्यक्रम तत्काल लागु गर्न सरकारलाई दवाव दिइने बताए । यस्तै वन विज्ञहरुलाई योग्यताको प्रमाणपत्र वितरण गर्न नेपाल वन परिषद स्थापनालाई पनि प्राथमिकतामा राखेर काम गर्ने बताए ।

यस्तै सघियताको मर्म अनुरुप सबै तहहरुमा वन श्रोतको प्रभावकारी व्यवस्थापनको लागि पर्याप्त मात्रामा दरबन्दि श्रृजना गरी वन व्यवस्थापन गर्न सबै तहका सरकारहरुसँग पैरवी गरिने र ७५३ वटै स्थानीय तहहरुमा वन प्राविधिकहरुको दरबन्दी श्रृजना गर्नको लागि दवाव दिइने बताए ।
प्रजातान्त्रिक वन प्राविधिक संघ लुम्बिनीका महासचिव केशव खड्काले आफ्नो प्यानलले पाएको मत संख्या बराबर बृक्षारोपण गर्ने र सक्रिय वन व्यवस्थापन भएका क्षेत्रमा माउ रुखहरुको कलरिङ गर्ने प्रतिवद्धता पूरा गर्ने बताए । देशभर ३ हजार बढी वन प्राविधिक रहेका खड्काले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?