ट्रेंडिंग:

>> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प 
बैसाख १५ को उपचुनाव

 इलाम २ मा २० जना र बझाङ १ मा १२ जनाको उम्मेदवारी दर्ता

२४ चैत्र २०८०, शनिबार
२४ चैत्र २०८०, शनिबार

बुटवल,२४ चैत । १५ वैशाखमा इलाम २ र बझाङ १ मा हुने हुने उपनिर्वाचनका लागि विभिन्न दल र स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गरेका छन् । इलाम २ मा २० जना र बझाङ १ मा १२ जनाको उम्मेदवारी दर्ता गराएका छन् ।

इलाममा शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दलका १२ जना र स्वतन्त्र ८ गरी २० जनाले उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् ।

नेपाली कांग्रेसका डम्बर खड्का, नेकपा एमालेका सुहाङ नेम्वाङ, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलनकुमार योङयाङ लिम्बु, राप्रपाका लक्ष्मी गुरुङ, नेकपा एकीकृत समाजवादीका जीतबहादुर राई, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङले उम्मेदवारी दर्ता गराएका छन् ।

४ मंसिर २०७९ मा भएको आम निर्वाचनबाट निर्वाचित एमाले नेता सुवासचन्द्र नेम्वाङको २५ भदौको राति निधन भएपछि खाली रहेको प्रतिनिधिसभा सदस्य पदमा चुनाव हुन लागेको हो ।

त्यस्तै राप्रपा नेपालका गणेशबहादुर चौकान, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयवन्तविक्रम शाह, नेशनल रिपब्लिक पार्टीका धनराज राना मगर, मंगोल नेशनल अर्गनाइजेसनका मनिबहादुर लिम्बू, नेपाली जनता दलका रेशमबहादुर सुनार, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जीले पनि मनोनयन दर्ता गराएका छन् ।

स्वतन्त्र उम्मेदवारी दिनेमा इलामका ४ जना छन् । इलाम नगरपालिका ११ का केशवकुमार चापागाई, इलाम नगरपालिका ७ का डाकप्रसाद गौतम, फाकफोकथुम गाउँपालिका १ का दिपेश बोहरा र फाकफोकथुम ३ इलामका डकेन्द्रसिं लिम्बु थेगिम रहेका छन् ।
अछामका अर्जुनबहादुर शाही, बिर्तामोड झापाका मनोज निरौला, अर्जुनधारा झापाका योगेन्द्र गुरुङ, पोखरा कास्कीका राज बस्यालले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

निर्वाचन आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयका अनुसार २५ वैशाखमा उम्मेदवारको विरोधमा उजुरी दिने, २६ गते उजुरीउपर जाँचबुझ गर्ने, २७ गते उम्मेदवारले नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने कार्तालिका छ । २७ चैतमै उम्मेदवारहरुले चुनाव चिह्न पाउनेछन् ।
उता बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा १५ वैशाखमा हुने उपनिर्वाचनका लागि १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

जसमा नेपाली कांग्रेसका अभिषेकबहादुर सिंह, नेकपा एमालेका दमनबहादुर भण्डारी, नेकपा एकीकृत समाजवादीका जनकबहादुर बुढा र राष्ट्रिय प्रजातन्त्र पार्टीका किशोरकुमार खड्का रहेका छन् ।
त्यस्तै नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंह, जनता समाजवादी पार्टीका रामबहादुर जाग्री, जनमत पार्टीकी सुशीलादेवी विष्ट, नेपाल मजदुर किसान पार्टीका खगेन्द्रबहादुर शाही, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दीपकबहादुर खड्का, नेशनल रिपब्लिक पार्टीका कमल घर्तीमगर, नेपाली जनता दलका अशोक सुनार र राष्ट्रिय मातृभूमि पार्टीका गजेन्द्रबहादुर थापाले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

४ मंसिर २०७९ को प्रदेशसभा सदस्य निर्वाचनमा यस क्षेत्रबाट नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह निर्वाचित भएका थिए । तर उनको गत ५ असारमा गाडी दुर्घटनामा निधन भएपछि यो क्षेत्र जनप्रतिनिधिविहीन भएको थियो । नेपाली कांग्रेसबाट उम्मेदवार बनेका अभिषेक उनै दिवंगत नेता पृथ्वी सिंहका छोरा हुन् ।
४ मंसिर २०७९ को चुनावमा यो क्षेत्रमा कांग्रेसलाई नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थन थियो । तर अहिले यी दुबै दलले आआफ्ना उम्मेदवार खडा गरेका छन् । एमाले माओवादीको नयाँ सत्ता समीकरण बने पनि एमाले उम्मेदवार भण्डारीलाई यहाँ अरु दलले समर्थन गरेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?