ट्रेंडिंग:

>> नेप्से परिसूचक २७ सयभन्दा तल, कारोबार रकम भने बढ्यो >> मृतकका परिवारलाई क्षतिपूर्ति माग्दै सुर्खेतको यरिचोकमा सडक अवरोध >> वेष्ट्रनलाई यू– १४ क्रिकेटको उपाधि >> मणिमुकुन्द कप इन्डो–नेपाल भलिवल : नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब बिजयी >> रवि लामिछानेको सर्वोच्चमा दायर बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्ने >> शिक्षकसँगको वार्ता एक-दुई दिन भित्र निष्कर्षमा पुग्नेमा विश्वस्त छु: नैनसिंह महर >> गुणाकर भट्टको निवेदन आज पनि हेर्न नभ्याइनेमा >> बुटवलमा लन्च भयो ‘रेड मी ए फाईभ’ >> पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन >> संघीय निजामती कर्मचारीहरूले सम्झौता कार्यान्वयन नगरेको भन्दै कालो पट्टी बाँधेर प्रदर्शन >> संवैधानिक नियुक्तिविरुद्ध दोस्रो दिनको सुनुवाइ जारी >> बूढानीलकण्ठमा अन्दाजी ३० वर्षीय पुरुषको शव फेला >> बाँकेको डुडुवा गाँउपालिकाद्वारा बीउ उत्पादन सुरु >> पामिर एकेडेमीले ग–यो वार्षिक क्यालेण्डर विमोचन >> बढ्दो कुपोषण कम गर्न खाद्य प्रणाली सुधार आवश्यक: मुख्यमन्त्री आचार्य >> कर्णालीमा डिजिटल कर्णाली कन्क्लेभ हुँदै >> मन्त्रिपरिषद् बैठक ५ बजे, शिक्षकका मागबारे प्याकेजमै निर्णय गर्ने >> विद्यालय शिक्षा ऐनको माग गर्दै सोमबार पनि शिक्षकहरुको प्रदर्शन जारी >> आईपीएलमा आज कोलकाता र गुजरात खेल्दै >> नेपाल ल क्याम्पसमा स्ववियु निर्वाचन >> आइतबार स्थिर रहेको सुनको भाउमा सोमबार फेरि नयाँ रेकर्ड >> गुल्मीमा नयाँ र प्रतिलिपि नागरिकता बनाउने बराबरी >> गर्मीमा काँचो आँप खानुका यी हुन ४ फाइदा >> श्रद्धास्थल पुग्नुअघि नै बिजुलीको तारले लग्यो चारको जीवन  >> पाल्पामा जिप दुर्घटना : एकको मृत्यु ,चार घाइते >> विश्वको नक्सामा सन २०२७ सम्ममा नयाँ देश थपिने >> पलाँतामा ट्याक्टर दुर्घटना, चार जनाको मृत्यु >> बुद्ध शान्तिका अग्रदूत कि शान्तिका नायक ? >> छन्द विधामा पुगोस् सर्जकको ध्यान >> स्टेबरीमा रूपन्देहीको स्वाद ! >> प्लाष्टिक तस्करीले उद्योगलाई धक्का >> स्थानीय तथा पश्चिमी वायुको प्रभाव : कहाँ-कहाँ छ वर्षाको सम्भावना ? >> शिक्षकका माग सम्बोधन गर्न शिक्षा मन्त्रालयले ७ बुँदे प्रस्ताव मन्त्रिपरिषद् लैजाँदै, आन्दोलन टुंगिने सम्भावना >> बालविवाह न्युनीकरणका लागि बरघरलाई अभिमुखीकरण >> वन्यजन्तु सप्ताहमा संरक्षणकर्मीलाई सम्मान >> घरेलु टोली बाँकेलाई हराउँदै रौतहट लुम्बिनी कपको सेमिफाइनलमा >> बालबिबाह न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्न सरकारलाई आग्रह >> वालिङमा बौद्धिक विमर्श, राजनीतिक मतभेदले विकास रोकिएको निष्कर्ष >> सामाजिक संजालमा हातहतियार प्रदर्शन गरी त्रास फैलाउने पक्राउ >> उपाधिका लागि देवदह र आयोजक वेष्ट्रन भिड्ने >> मणिमुकुन्द भलिवल कप : गुजराँत एकेडेमी र गल्कोट भलिवल क्लब बिजयी >> जितगढी उत्सव: ऐतिहासिक किल्लालाई विश्व सम्पदा सूचीमा सूचीकृत माग >> सिंहदरबारभित्रै प्रदर्शन गरेका राजेन्द्र लिङ्देनसहितका नेताहरू रिहा >> अध्यक्षसहित थप नेता पक्राउ पछि राप्रपाको आकस्मिक बैठक बस्दै >> नेपाल प्रहरीमा १० डीआईजीको बढुवाकाे दौड सुरु, तीन समूहबीच प्रतिस्पर्धा >> महिला एकदिवसीय क्रिकेट विश्वकपमा पाकिस्तान टोली भारत नजाने >> रवि लामिछानेकाे तर्फबाट सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन >> कमजोर बैंकिङ प्रतिवेदनले सेयर बजार ओरालो, नेप्से १६.६८ अंकले घट्यो >> शिक्षक आन्दोलनको प्रभाव, कर्णालीका विद्यालयहरु सुनसान >> गणतन्त्रमाथि कुनै खतरा छैन : प्रचण्ड

वन प्राविधिक संघको चुनावमा कांग्रेस–माओवादी र मधेशवादी तथा एमाले र मधेशवादीको असन्तष्ट पक्षबीच प्रतिष्पर्धा

२३ चैत्र २०८०, शुक्रबार
२३ चैत्र २०८०, शुक्रबार

बुटवल,२३ चैत । नेपाल वन प्राविधिक संघको नयां नेतृत्वच चयनका लागि भोलि शनिबार मतदान हुने भएको छ । बिहान १० बजेदेखि ५ बजेसम्म सातै प्रदेश र काठमाडौं उपत्यका गरी आठ स्थानमा हुने मतदानमा करिब ३२ सय मतदाता सहभागी हुंदैछन् । नयां नेतृत्वका लागि कांग्रेस–माओवादी र मधेशवादी दल निकटको संयुक्त प्यानल तथा एमाले र मधेशवादी दल निकटको असन्तष्ट पक्षको प्यानलबीच प्रतिस्पर्धा हुने भएको छ ।

संयुक्त प्यानलमा प्रजातान्त्रिक वन प्राविधिक संघ,नेपाल राष्ट्रिय वन प्राविधिक सञ्जाल र मधेशका लागि वनमा आवद्ध प्राविधिकहरु छन् भने एमाले निकट प्रगतिशिल वन प्राविधिक संघसंग मधेशका लागि वनको असन्तुष्ट पक्षाले गठबन्धन गरेको छ । कांग्रेस माओवादी र मधेशका लागि वनको प्राविधिकहरुको प्यानलबाट अध्यक्षमा राकेश कर्ण र अर्को प्यानलबाट विजयराज पौडेल उम्मेदवार छन् ।
कांग्रेस माओवादी र मधेशका लागि वनको प्यानलले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी आफ्ना चुनावी एजेण्डाहरु सार्वजनिक गरेको छ । जसमा यसअघि प्रगतिशिल वन प्राविधिक संघको नेतृत्वले जितेपनि वन काउन्सील गठनको एजेण्डा कार्यान्यवन गर्न नसकेकाले सो एजेण्डा पूरा गर्न यसपटक आफूहरुले जित्नुपर्ने लुम्बिनी प्रदेश सचिव केशव खड्काले बताए ।

यस्तै सक्रिय वन व्यवस्थापन,पेशागत सुरक्षा र पेशागत दक्षता बृद्धि लगायतका एजेण्डा रहेको खड्काले बताए । वैज्ञानिक नीति र कानुन बन्न सके वनबाट देशकाो आर्थिक समृद्धि र रोजगारी हासिल गर्ने गरी आफ्नो प्यानले काम गर्ने खड्काले बताए ।

लुम्बिनी प्रदेशको हकमा आफ्नो प्यानलले पाउने मत बराबर आगामी असारमा बृक्षारोपण गर्ने,सक्रिय वन व्यवस्थापन भएका क्षेत्रमा माउ रुखहरुको कलरिङ गर्ने रहेका छन् ।
संयुक्त प्यानलले मतदानमा सक्रिय सहभागिताका लागि सबै मतदातामा अपील समेत गरेको छ ।

यसपटक तीनवटा संगठनको तालमेल भएकाले आफूहरुको जित सुनिश्चित भएको सो प्यानलका नेपाल राष्ट्रिय वन प्राविधिक सञ्जाल प्रदेश महासचिव मोतिराम पौडेल र मधेशका लागि वनका केन्द्रीय सदस्य दिनेश जैसवालले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?