ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

भृकुटी कागज कारखानाका कर्मचारीहरुद्धारा अल्टिमेटम

२३ चैत्र २०८०, शुक्रबार
२३ चैत्र २०८०, शुक्रबार

कल्पना कुुँवर, नवलपुुर ।

देशकै सबै भन्दा ठुलो कागज कारखानाका रुपमा स्थापित पूुर्बी नवलपरासीको गैंडाकोटमा रहेको भृकुटी कागज कारखाना बन्द भएको ११ बर्ष भन्दा बढि भए पनि त्यहाँ कार्यरत स्थायी कर्मचारीले अहिलेसम्म तलब नपाउँदा थप पीडित बन्दै गएका छन् ।

भृकुटी कागज कारखानामा कार्यरत झण्डै ३४२ कर्मचारीले शुरुका चार बर्ष देखिको तलब नपाए पछि उनीहरुले अब निर्णायक आन्दोलनमा जानुको बिकल्प नरहेको भन्दै कारखाना व्यवस्थापनलाई अल्टिमेटम दिएको भृकुटी समस्या समाधान सयुक्त सर्घष समितिका संयोजक दर्शन सापकोटाले बताए ।

सो कारखानामा कार्यरत कर्मचारीले झण्डै २० करोड बढि तलब नपाएका र पटक पटक कारखाना ब्यबस्थापन संग वार्ता गरि सो रकम बितरण गर्ने पाँच पटक सहमति भए पनि कारखाना व्यवस्थापनले सहमति उल्लंघन गर्दै आएको संयोजक सापकोटाले बताए ।

भृकुटीमा कार्यरत मजदुर र संचालकबिच २०६९ पुष २ गते, २०७० साउन २ गते र २०७१ बैशाख २६ गते, २०७४ र २०७६ मा गरि पाँच पटक सम्म वार्ता गरि पाँचै पटक सम्झौता भए पनि कार्यान्बयन गर्न संचालक तयार नदेखिए पछि अब निर्णयक आन्दोलन मात्रै बिकल्प रहेको र अबको आन्दोलनले मात्रै व्यवस्थापनको घुँडा टेकाउने गरि आन्दोलन सफल बनाउने संयोजक सापकोटाको भनाई छ ।

पटक पटकको धर्ना ,अनशन, आन्दोलन पछि गत २०७६ मा चार बुंदे लिखित सहमति भए पनि सहमति कार्यान्वयन गर्न संचालकले गैर जिम्मेवारीपन देखाईरहेको संर्घष समितिका पुर्ब संयोजक रामु शर्माले बताए । पछिल्लो सहमति अनुसार एक महिना भित्र बैकको ब्याज र आधा महिना बराबरको तलब दिने र चार महिना भित्र बाँकी सबै तलब दिने सहमति भए पनि सो समेत अहिलेसम्म कार्यन्वयन नभएको भन्दै आन्दोलन सर्घष समितिले संचालकलाई श्रम ऐन अनुसार कारबाहीको दायरामा ल्याउने र मालिकको घर घेरा हाल्ने ,अनशन बस्ने लगायतका चरणबद्ध आन्दोलन अबको बिकल्प रहेको संर्घष समितिले जनाएको छ ।

भृकुटीमा कार्यरत कर्मचारीहरुले ११ बर्ष देखि तलब नपाउँदा उनिहरुको दैनिकी जिवन थप कष्टकर बन्दै गएको छ भने संचालकको गम्भीर लापरबाहीका कारण थप आन्दोलनमा होमिनु पर्ने उनीहरुले गुनासो गरे ।

कारखाना बन्द भएको झण्डै ११ बर्ष बित्न लाग्दा समेत संचालकले कारखाना पुरै बन्द छ भने कारखानाका मेशिनहरु पुरै बिग्रेर नष्ट भैसकेका छन् तर पनि कारखानाका मजदुरहरुको रोजीरोटी नै गुमेको छ भने अबको बिकल्प भनेको भृकुटीमा कार्यरत मजदुरहरु कडा र अन्तिम संर्घषमा उत्रनु भन्दा अरु बिकल्प नरहेको संयोजक सापकोटाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?