Butwal Today

एमालेको नेतृत्वमा अझै २० वर्ष कसैले आश नगरे हुन्छ : ओली

२३ चैत्र २०८०, शुक्रबार
अ+
अ-

पोखरा, २३ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा २० वर्षजति अरू कसैले आस नगरे पनि हुने बताएका छन् ।

एमाले कास्कीको ११औँ अधिवेशनबाट निर्वाचित पदाधिकारीको शपथ ग्रहण कार्यक्रममा शुक्रवार ओलीले २० वर्षजति अरू कसैले आस नगरे पनि हुने बताएका हुन् ।

उनले एमाले र देशलाई ठिक बाटोमा बढाएपछि मात्रै चौतारीमा बसेर सुस्केरा हाल्ने समय पाउने बताए ।

ओलीले पार्टीका पूर्व प्रमुखलाई वरिष्ठ नेता बनाएर अध्यक्षको छेउमै राख्ने परम्परा गलत भएको बताए । आफूले अध्यक्ष पद छोडेपछि वरिष्ठ नेता भएर अध्यक्षको छेउमै बसेर यो पनि चाहियो त्यो चाहियो भनेर नबस्ने उनले बताएका हुन् ।