© २०२३
बुटवल, २२ चैत । सैनामैना नगरपालिकाको आयोजना तथा नेपाल दृष्टिविहिन उत्थान संघ सैनामैना र रुपन्देही अपाङ्ग पुनःस्थापना केन्द्र सैनामैनाको व्यवस्थापनमा अपाङ्गता भएका व्यक्तिहरुको लागि ५ दिने उद्घोषण तालिम सम्पन्न गरिएको छ । विहिबार तालिम समापन कार्यक्रममा सैनामैना नगरपालिका प्रमुख फणीन्द्र प्रसाद शर्माले अपाङ्गता भएका व्याक्तिहरुको पक्षमा निरन्तर सहयोग हुदै आएको बताए । अपांगता भएका सबैलाई बोल्न सिक्ने शैली आवश्यक रहेको भन्दै देखेका भोगेका कुरा लाई पीडा, बोध गर्नभन्दा पनि त्यसलाई शक्तिमा परिणत गरी सफलता प्राप्त गनुर्नपर्नेमा जोड दिएका थिए ।
तालिम समापन कार्यक्रममा बोल्दै राष्ट्रिय अपाङ्ग महासंघ नेपालका प्रदेश अध्यक्ष हुमनाथ अधिकारीले सिकेको कुरा व्यवहारमा उर्तानको लागि आग्रह गरेका थिए । यस्तै उनले मागमा आधारित तालिम, सिप अहिलेको अवश्यकता रहेको भन्दै सोही अनुसार नगरपालिका भित्र वा अन्य स्थानमा रहेका अपाङ्गता भएका व्याक्तिहरुले आफुलाई के कस्तो प्रकृतिको तालिम आवश्यक हो, सो विषयमा स्पष्ट कुरा राख्न, माग गर्नको लागि आग्रह गरेका थिए । उनले सोही अनुसार योजना निर्माण गरेर संमन्वयात्मक रुपमा कार्यक्रम अगाडी बढाउने प्रतिवद्धता समेत जनाएका थिए ।
कार्यक्रममा सैनामैना नरपालिका समाजिक विकास अधिकृत तथा कार्यक्रम संयोजक तुलसा ज्ञवालीले अपाङ्गता भएका व्याक्तिहरुको लागि नगरपालिकाबाट सिपमुलक, आयमुलक र प्रर्वद्धनात्मक कार्यक्रम गरिएको जानकारी गराएकी थिईन् । उनले आगमी दिन पनि समुदायको उत्थानका लागि विभिन्न विषयमा संम्बोधन समेत गरिने प्रतिवद्धता समेत जनाएकी थिईन ।
कार्यक्रममा अपाङ्गता महिला संघका अध्यक्ष तथा सैनामैना अपाङ्गता संमन्वय समितिका सदस्य कल्पना ढकाल, रुपन्देही अपाङ्ग पुर्नस्थापना केन्द्रका अध्यक्ष सुबि गुरुङ, प्रशिक्षार्थी बम बहादुर आचार्य, पुष्पा चितौरे, निशा काफ्ले लगायतले बोलेका थिए । ५ दिनसम्म चलेको उद्घोषण तालिममा खस्यौली एफएमका स्टेशन प्रमुख सुमन श्रेष्ठ, किस एफएमका स्टेशन प्रमुख कृष्ण भण्डारी, बुटवल टुडे दैनिकका उप सम्पादक कृष्ण खनाल लगायतले सहजीकरण गरेका थिए । गत चैत १८ गते बाट सुरुवात भएको तालिमको विहिबार समापन भएको हो ।