© २०२३
बुटवल, २२ चैत । रुपन्देही बचत तथा ऋण सहकारी संघ लिमिटेडले आफनो ६७ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा तिलोत्तमा नगरपालिका वडा नं १५ स्थित अविनास अनाथ आश्रमलाई सहयोग गरेको छ । विहिबार एक कार्यक्रमका बिच तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाडले आश्रमका अध्यक्ष कृष्ण प्रसाद शर्मालाई २ थान सानो पलङ हस्तान्तरण गरेका छन ।
कार्यक्रममा नगरप्रमुख खाडले असहाय र सडकपेटीमा बस्ने बालबालिकाहरुलाई आश्रम दिनेमात्र नभई असहाय बालबालिकाहरुलाई शिक्षा दिक्षा दिएर अनुशासित नागरिक बनाउन काममा आश्रम ब्यवस्थापन समितिको योगदान रहेको बताए । स्थानिय सरकारको कामलाई एउटा सामाजिक संस्थाबाट सहयोग भएको भन्दै आगामीदिनमा आवश्यक सहयोगको प्रतिवद्धता जनाए ।
कार्यक्रममा नेस्फुन संचालक सदस्य ज्ञानु पौडेलले सहकारी संघसंस्थाहरु आफनो सदस्यको आर्थिक सामाजिकस्तर उठाउन सहयोगसंगै वार्षिक बचत रकमबाट समुदायमा समेत सहयोग गर्दै आएको बताईन ।
कार्यक्रममा लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघ लिका अध्यक्ष कृष्ण प्रसाद नेपालले सहकारीको सातौ सिद्धान्त समुदाय प्रति चासो रहेको र सोही सिद्धान्तलाई कार्यान्वयन गरि सहकारी संस्थाहरु आफनो समुदायभित्र विद्यालय, अनाथ आश्रम, वृद्ध आश्रमहरुमा सहयोग गर्दै आएको बनाए ।
हाल अविनास अनाथ आश्रम कोटिहवामा आश्रित कक्षा १ देखी ब्याचलरसम्म अध्ययन गर्ने १९ जना छन । कार्यक्रममा रुपन्देही बचत संघका अध्यक्ष बसन्त ढकाल, संचालक सदस्य भानु पौडेल, खेमराज पाण्डे, कपिला रायमाझी, रामप्रसाद पौढेल, अशोक तिवारीले समुदायमा सामाजिक कार्यमा सबैको हातोमालो हुनुपर्ने बताए ।