Butwal Today

इलाम र बझाङ दुबै क्षेत्रमा देउवा पक्षका उम्मेदवार

२२ चैत्र २०८०, बिहीबार
अ+
अ-

काठमाडौं,२२ चैत । नेपाली कांग्रेसले इलाम २ मा डम्बर खड्कालाई उम्मेदवार बनाउने भएको छ ।
देउवा निवास बूढानीलकण्ठमा बसेको संसदीय बोर्डको बैठकले खड्कालाई सिफारिस गरेको हो । आजै बेलुका बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकले खड्काबारे औपचारिक निर्णय गर्नेछ ।

खड्कालाई उम्मेदवार बनाउन सभापति देउवाले अडान लिएका थिए । महामन्त्री गगन थापा र डा शेखर कोइराला भेषराज आचार्यको पक्षमा थिए । कांग्रेसले अघि सारेका खड्का गत निर्वाचनमा एमालेका सुवास नेम्वाङसँग ११४ मतले पराजित भएका थिए ।

नेपाली कांग्रेसले बझाङको प्रदेशसभा सदस्यमा अभिषेक सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। आज देउवा निवास बुढानीलकण्ठमा बसेको संसदीय बोर्डको बैठकले सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

अभिषेक कांग्रेसका दिवंगत सांसद पृथ्वीबहादुर सिंहका छोरा हुन् । सुदूरपश्चिम सरकारमा कानूनमन्त्रीसमेत रहेका सिंहको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । देउवाको जोडबलमा पृथ्वी पुत्र अभिषेक उम्मेदवार बनेका छन् । खड्का र सिंह दुबै देउवा पक्षका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?