© २०२३
बुटवल , १८ चैत– बुटवल बहुमुखी क्याम्पसमा त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्काय डीनको कार्यालयअन्तर्गत सञ्चालित पोस्ट ग्र्याजुएट डिप्लोमा इन एजुकेसन (पीजिडीई) कार्यक्रमको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । त्रिभुवन विश्वविद्यालयले एक वर्षे बि.एड कार्यक्रम स्थगन गरेपछि शिक्षाशास्त्र सङ्काय डीन कार्यालयले शिक्षक बन्न चाहनेहरूका लागि यसै वर्षदेखि तीन सेमेस्टरमा आधारित कार्यक्रम शुरु गरेको छ ।
त्यसै सिलसिलामा काठमाडौ उपत्यका बाहिरका १३ ओटा आङ्गिक क्याम्पसहरूमा यो कार्यक्रम सञ्चालन हुने क्रममा बुटवल बहुमुखी क्याम्पसमा उक्त कार्यक्रममा भर्ना भएका विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै निमित्त क्याम्पस प्रमुख डा. दुर्गा भुसालले विद्यार्थीहरूमा नयाँ कोर्षले सृजनशिलता विकास गर्ने बताएका थिए । सहायक क्याम्पस प्रमुख डा. टीकाराम पौडेलले विद्यार्थीहरूको कोरा ज्ञान भन्दा माथि उठेर रिसर्च बेसमा नयाँ कोर्ष सुरु हुने बताएका थिए । सहजीकरण स्नातकोत्तर कार्यक्रमका संयोजक डा. अरूणकुमार क्षेत्रीले गरेका थिए । कार्यक्रममा मेघराज आचार्य, प्रा. डा. अनन्त पन्थीले शुभकामना मन्तव्य राखेका थिए ।
उक्त कार्यक्रममा उपस्थित विभागीय प्रमुखहरू तथा प्राध्यापकहरूमा अर्थशास्त्र विभागका प्रमुख प्राध्यापक नुरजंग केसी, सहप्राध्यापक यमप्रसाद शर्मा, स्नातकोत्तर नेपाली शिक्षाका विभागीय प्रमुख, डा. नारायणप्रसाद पन्थ, इपियम विभागीय प्रमुख डा. तारानाथ भट्टराई, अभ्यास शिक्षण विभागीय प्रमुख खिमानन्द भण्डारी, सहप्राध्यापक भिमलाल भण्डारी, डा. वसन्त सापकोटा, रामेश्वर ज्योति, डा.शालिकराम पौड्याल, नारायण कार्की, विष्णुप्रसाद धिमिरेलगायतको उपस्थिति रहेको थियो । उक्त अभीमुखीकरण कार्यक्रममा भर्ना भएका ६० जना विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।