© २०२३
तिलोत्तमा, १८ चैत । रुपन्देही मेटल फेब्रिकेशन एसोसियसनको कार्यालय उद्घाटन एवम प्रथम साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा सन्त बहादुर कंवर , उपाध्यक्षमा मेघ बहादुर घिमिरे , कोषाध्यक्षमा किसन बहादुर केसी , सचिवमा विश्वनाथ पाण्डे , सह–सचिवमा अमृता गौतम निर्वाचित भएका छन् ।
त्यस्तै सदस्यहरुमा जगदिश चौधरी थारु, कृष्ण प्रसाद ढकाल, सुरेश पेमी , राधा पौडेल निर्वाचित भएका छन । लेखा समिती संयोजकमा यादव पाण्डे (क्षितिज) सदस्यहरुमा लक्ष्मण तिमिल्सिना र सुवास भट्टराई निर्वाचित भएको छन । साथै मेटल फेब्रिकेशन एसोसियसन रुपन्देहीको कार्यालय भवन उद्घाटन भएको छ ।
कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले एसोसियसनलाई नगरपालिकाले सधै साथ र सहयोग गर्ने बताउँदै व्यवसायिक हक हितका निम्ति संस्थाले चालेको कदम उत्कृष्ट रहेको बताएका थिए । नवनिर्वाचित अध्यक्ष कवंरले गुणस्तरीय काम हाम्रो पहिचान , रोजगारीमा रुपन्देही मेटल फेव्रीकेसनको योगदान भन्ने मुल नारा सहित दर्ता गरिएको बताए । व्यवसायिक हक र हितका लागि संस्थाले विभिन्न निर्णयहरु गर्ने बताए ।