© २०२३
बुटवल,१५चैत । नेकपा एमालेका पूर्वसचिव टोपबहादुर रायमाझी मुटुमा समस्या भएको भन्दै अस्पताल भर्ना भएका छन् । उनलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो ।
उपचारमा संलग्न वरिष्ठ मुटुरोग विशेषज्ञ डा चन्द्रमणि पौडेलले उनको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिए। उनको मुटुको चालको निगरानी गर्न सेन्टरमा राखिएको पौडेलले बताए।
‘रिँगटा लागेर मुटुको चाल कम भएपछि भर्ना गरिएको हो’, डा पौडेलले भने, अहिले उहाँको मुटुको इसिजी गरेर चिकित्सकको निगरानीमा राखिएको छ।’
रायमाझी हाल नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन्। यसअघि माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पनि विरामी भएको भन्दै भुनामुक्त भएका थिए ।