ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

ट्रष्ट माइक्रो इन्स्योरेन्स शुभारम्भ

९ चैत्र २०८०, शुक्रबार
९ चैत्र २०८०, शुक्रबार

बुटवल, ९ चैत। रूपन्देहीमा केन्द्रीय कार्यालय रहेको ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनीको शुभारम्भ गरिएको छ । रूपन्देहीको तिलोत्तमा २ जानकीनगरमा शुक्रबार एक समारोहका बिचमा लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा प्रदेशसभा सदस्य लिला गिरीले उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै प्रदेश सांसद गिरीले आर्थिक समृद्धीका लागि मुलुकमा रोजगारी सिर्जना गर्नुपर्ने उल्लेख गरे । कृषि क्षेत्रलाइ अगाडी बढाउन सकेमा सहजै समृद्धीको सपना पूरा हुने दाबी गरे । गिरीले मुलुक बनाउन राजनीतिक दलको सहि भुमिका नभएको स्वीकार्दै मुलुकमा स्थिरता जरूरी रहेको उल्लेख गरे । युवा पलायन रोक्न देशमै रोजगारी सिर्जना गर्दै अघि बढ्नुपर्ने उनको भनाइ छ । उनले नेपालीहरूलाई बीमाको मुलधारमा ल्याउन जरुरी रहेको भन्दै लगानी सुरक्षितका लागि पनि बीमा अनिर्बाय रहेको उल्लेख गरे । नेपाल बिमा प्राधिकरण संचालक सन्तोष रिजालले मुलुकको अर्थतन्त्रको एक खम्बा बीमा भएको भन्दै अब फास्ट मुभरका रूपमा काम गर्न आग्रह गरे । नेपाल बिमा प्राधिकरण सहनिर्देशक साम्भाराज लामिछानेले राम्रो कामका लागि प्राधिकरण सधै साथमै रहने बताउनुभयो प्राधिकरणका लुम्बिनी प्रमुख पुर्णबहादुर थापाले जनतालाई सरल सेवा सहज र दाबि भुक्तानी सहज बनाएर काम गर्न सुझाव दिएका थिए ।

संस्थाका अध्यक्ष जगत पोखरेलले चुक्तापूँजी ७५ करोड रूपैयाँ रहेको ट्रष्ट माइक्रो इन्स्योरेन्सले निर्जीवन बीमाको काम गर्ने बताए । अध्यक्ष पोखरेलले बीमा कम्पनीलाइ मुलुकै एक नम्बर बनाउने गरि काम हुने दाबी गरे । उनले स्थानीय सरकार र प्रदेश हुँदै संघीय सरकारसँग समन्वय गरेर रूपन्देहीलाई आर्थिक हब बनाउन चाहेको बताए । ‘हामी लुम्बिनी प्रदेशको रूपन्देही बुटवललाई आर्थिक राजधानी बनाउन चाहन्छौँ,कुरा गरेर मात्रै आर्थिक राजधानी हुँदैन त्यसैले हामीले काम गर्न आएका हौँ,हामी स्थानीय नै भएका कारण थप सहज हुने बिश्वास लिएका छौँ ।’ उनले भने ।

कार्यक्रममा परीक्षा नियन्त्रक तथा शिक्षाबिद् दिपेन्द्र ढकाल, साइन डेभलपमेन्ट बंैकका अध्यक्ष थानेश्वर पौडेल, पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष रामराज पोखरेल, मनोज भट्टराइ लगायतले बोल्दै सेवाग्राहीको मन जितेर काम गर्नुपर्नेमा जोड दिए । शुभारम्भकै दिनामा २ जनाले बिमा लेख खरिद गरेका थिए । निश्चल न्यौपानेको नाममा बाबु नारायण न्यौपानेले कारको बिमा, ईश्वर भण्डारीले घरको बीमा गरेका हुन । यस कम्पनीमा विभिन्न व्यवसायीक व्यक्ति संस्थामा आबद्ध ७१ जना यसका शेयर सदस्य छन् । लघु बीमाले बढिमा ५० लाख सम्मको मात्रै बीमा गर्न पाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?