© २०२३
बुटवल, ९ चैत । सिद्धार्थ बैंक बुटवल शाखा कार्यालयले युवा केन्द्रीत एक दिने वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । देशमा बढिरहेको आर्थिक तरलताले वित्तिय क्षेत्रमा पारेको प्रभावलाई मध्यनजर गर्दै होराइजन गौतमबुद्ध मा.वि कक्षा ११ म्यानेजमेन्टका ४१ जना विद्यार्थीहरुलाई तालिम प्रदान गरेको हो । विद्यार्थीहरुलाई विभिन्न ८ समूहमा विभाजन गरी रिटेल बैकिङ, विजनेश बैकिङ, क्रेडिट डकुमेन्टटेसन, टेड अप्रेसन, डिजिटल बैकिङ, कस्टोमर्स सर्भिस, रेमिट्यान्स, रिकोभरी लगायतका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो ।
कार्यक्रममा व्यक्तिगत कर्जा कसरी दिने, व्यापार व्यवसायमा उद्यमशिलताको विकास कसरी गर्ने, बैङ्क लोनमा धितो कसरी रोक्का गर्ने, वैदेशिक व्यापारमा कसरी मध्यस्थताकर्ताको भूमिका निर्वाह गर्ने, डेबिट कार्ड, क्रेडिट कार्डको प्रयोग कसरी गर्ने, कर्जा कसरी असुली गर्ने, लगायतका विषयमा सिद्वार्थ बैक लुम्बिनी प्रदेश प्रमुख सुशिल नेपालले विद्यार्थीहरूलाई बताए ।
कार्यक्रममा विद्यार्थीहरूले आफूले सिकेका विषयमा समूहगत रुपमा प्रिजेन्टेशन गरेका थिए । प्रिजेन्टेसन कार्यक्रममा सिद्धार्थ बैंक बुटवलका म्यानेजर चन्द्रदेव पौडेलले सिद्धार्थ बैंकले विगत देखिनै लक्षित वर्गलाई बैङ्किङ सम्बन्धि तालिमहरु सञ्चालन गरिरहेको बताए । कार्यक्रममा होराइजन जिविएसका प्राध्यापक कृष्णप्रसाद पाण्डे र अमृत आचार्यले समयसापेक्ष विद्यार्थीहरुलाई ब्यवहारिक अभ्यासमा जोड दिएको बताए ।