ट्रेंडिंग:

>> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो >> सञ्चारमन्त्री खरेल भन्छन् – राजनीतिमा अब युवाहरुको दबदबा कायम हुनुपर्छ >> नयाँ चार मन्त्री थपिने भएपछि भूमिमन्त्री सिन्हाको मन्त्रालय फेरिने >> संस्थापन समूहबाट सभापतिमा डा. प्रकाशशरण महतको दाबी >> चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै, को-को बन्दैछन् नयाँ मन्त्री ? >> सुन तोलामा ३ हजार ५ सयले बढ्यो, चाँदीले दिनहुँ नयाँ रेकर्ड बनाउँदै >> सशस्त्रद्वारा १७ बुँदे निर्वाचन परिचालन नीति सार्वजनिक >> एशिया कप आजदेखि यूएईमा शुरू, नेपालले भोलि श्रीलङ्कासँग खेल्ने >> दाउन्ने क्षेत्रमा कामले तिब्रता लिएपनि यात्रुलाई भने सास्ती >> अस्ट्रियाले विद्यालयमा लगायो हिजाब लगाउन प्रतिबन्ध >> बलात्कार अभियोगमा अष्ट्रेलियामा नेपाली युवा दोषी ठहर, दुई वर्ष जेल सजाय >> निर्वाच वैशाखसम्म पुगे पनि स्वभाविक रुपमा स्वीकार गर्नुपर्छ : विश्वप्रकाश शर्मा >> तत्कालीन सीडीओ छवि रिजालमाथि भ्रष्टाचारको अनुसन्धान >> जेनजीसँगको सम्झौता कार्यान्वयन गर  >> कोलनगर उत्खननका भग्नावशेष पर्यटकले खुल्ला देख्न पाउने >> गुल्मीमा २० करोडको सुन्तला ‘बिजु बिरुवा’ मा किसानको आकर्षण >> एमाले केन्द्रीय सदस्यका लागि युवा नेता गोपाल रानाको उम्मेदवारी घोषणा >> एमालेको सचिवालय बैठक आज बस्दै

रम्भादेवीमा मानसिक स्वास्थ्य सचेतना

७ चैत्र २०८०, बुधबार
७ चैत्र २०८०, बुधबार

बुटवल, ७ चैत । रम्भादेवी कलेज अफ मेडिकल साईन्स बुटवलका बिद्यार्थीहरुलाई एक दिने मानसिक स्वास्थ्य सचेतना दिईएको छ । रम्भादेवि ग्रुप अफ अर्गानाईजेसनबाट सञ्चालित कलेजको स्टुडेन्ट अफ हेल्थ एसिस्टेन्स, मेडिकल ल्याब्रोटरी, मेडिकल रेडियोलोजी र प्लस टु अध्ययरत विद्यार्थीहरुलाई लक्षित गरि एक दिने कार्यक्रम गरिएको हो ।

कार्यक्रममा ग्रुपका प्रबन्ध निर्देशक मनोज बस्नेतले युवा वर्गमा पछिल्लोसमय मानसिक स्वस्थ्य समस्या बढ्दो रुपमा रहेको भन्दै विद्यार्थीहरुमा यसबारे सचेतना दिने गरि एक दिने कार्यक्रम गरिएको बताए । विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा कुल जनसङ्ख्याको ३.२ प्रतिशतमा डिप्रेसन रहेको तथ्याक सार्वजनिक भएको भन्दै उनले यसबाट मानसिक अपाङ्गताको भार ५.४ प्रतिशत देखिने समेत बताए । यसैगरि एन्जाइटी रोग ३.६ प्रतिशतमा रहेको तथा नेपालमा कुल नसर्ने रोगहरुको समस्या मध्ये १८ प्रतिशत मानसिक रोगले ओगटेको तथ्याकबाट प्रष्ट हुने उनले बताए । अपाङ्गता गराउने प्रमुख १० समस्याहरु मध्ये ४ वटा मानसिक स्वास्थ्य समस्या नै पर्दछ ।

तालिममा परामर्श मनोवैज्ञानिक कपिल शर्माले मानसिक स्वस्थ्यबारे विद्यार्थीहरुलाई जानकारी दिए । प्रारम्भिक अवस्थामा हुने लक्षण र यसबाट निदानबारे समेत उनले बताए । नेपालमा गरिएको एक अध्ययनबाट १३—१७ वर्षका किशोर किशोरीहरुमा ११.२ प्रतिशत, १८ वर्षमाथिका व्यक्तिहरुमा १३.२ प्रतिशतमा मानसिक स्वास्थ्य समस्या भेटिएको थियो । दुबै उमेर समुहमा डिप्रेशन, चिन्ताजन्य समस्या, आत्महत्या सम्बन्धि सोच बढी भेटिएको पाईएको छ । नेपालमा हरेक वर्ष आत्महत्याको दर १२ प्रतिशतले बढेको पछिल्लो तथ्याकले देखाउँदछ । यो समस्या महिला तथा किशोरी उमेरमा धेरै देखिएको छ ।

कार्यक्रममा मेडिकल कलेजका प्राचार्य मनोज काफलेले मानसिक स्वस्थ्यका बारेमा बेलैमा जानकारी दिदा विद्यार्थीहरुमा सकारात्मक सोच विकास हुने भन्दै यस्ता कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिईने बताए । कार्यक्रममा न्यु भिजन स्कुलका प्राचार्य केशव श्रीसले शैक्षिकसंगै अन्य गतिविधिमा आफना विद्यार्थी अब्बल रहेको भन्दै अतिरिक्त कार्यक्रमलाई बिशेष जोड दिदै आएको बताए । कार्यक्रममा करीब २५० बिद्यार्थीहरु सहभागी रहेका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?