© २०२३
काठमाडौं,६ चैत । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामाको अडान कायमै राखेको छ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद दीपक गिरीले सहकारी ठगीमा प्रकरणमा अनुसन्धान भइरहेकै व्यक्ति गृहमन्त्री बनेपछि निष्पक्ष अनुसन्धानमा आशंका बढेको बताए।
रविमाथि प्रहरीले अनुसन्धान अघि बढाएको थियो, सीआइबीले सहयोग गरिरहेको थियो, तत्कालिन गृहमन्त्रीले छानविन अघि बढाउन निर्देशन पनि दिनुभएको थियो तर अहिले सत्ता गठबन्धन बदलिएर अनुसन्धान हुनुपर्ने व्यक्ति गृहमन्त्री भएर आउनुभएको छ र जसरी पनि गृहमन्त्रालय नै चाहिन्छ भनेर सामेल हुनुले निष्पक्ष छानबिन प्रक्रियामा बाधा हुने देखियो तसर्थ उनको राजीनामा आउनैपर्ने गिरीले माग गरे ।
उनले आफैंले आफैंलाई कारवाही गरेको नजिर नभएको उल्लेख गर्दै मुद्दालाई प्रभावित गर्ने तवरले अघि बढ्ने कानूनी राज्यमा सुहाउँदो नभएको भन्दै आपत्ति जनाए।