Butwal Today

कसौधन युवा समितिमा बलराम

३ चैत्र २०८०, शनिबार
अ+
अ-

बुटवल, ३ चैत ।

कसौधन समाज अन्तर्गत कसौधन युवा समितिमा २०८०–८१ को लागि नयाँ समिति गठन भएको छ ।

समितिमा बलराम कसौधन अध्यक्ष, अनिश कुमार कसौधन निवर्तमान अध्यक्ष, विवेक कसौधन प्रथम उपाध्यक्ष, राहुल कसौधन सचिव, शिवम् कसौधन कोषाध्यक्ष, सत्यम कसौधन सह–सचिवमा चयन भएका छन् ।

सदस्यहरूमा अमन कसौधन, दिपक कसौधन, अश्विनी कसौधन, शिवम् कसौधन निर्वाचित भएका छन् । त्यस्तै मनोनीत सदस्यहरु महेश कसौधन, अभिषेक कसौधन मनोनित भयका छन् । अश्विनी कुमार गुप्ता (कसौधन) मिडिया संयोजकमा निर्विरोध निर्वाचित भएको सचिव राहुल कसौधनले बताए ।