© २०२३
बुटवल, ३ चैत ।
क्यान महासंघ, रुपन्देही र क्यान महासंघ,लुम्बिनी प्रदेशको सयुंक्त आयोजना तथा गौतम बुद्ध अप्टिक्स, बुटवलकोे प्राविधिक सहयोगमा निःशुल्क आँखा जाँच शिविर कार्यक्रम बुटवल–३, गोलपार्कमा शनिबार सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन क्यान महासंघ नेपालका निवर्तमान अध्यक्ष तथा क्यान महासंघ रुपन्देहीका संस्थापक अध्यक्ष नवराज कुँवरले गरेका थिए । कार्यक्रममा क्यान महासंघका केन्द्रीय सचिव नारायण प्रसाद श्रेष्ठ, क्यान महासंघ, लुम्बिनी प्रदेशका उपाध्यक्ष नारायण प्रसाद खनाल, लुम्बिनी प्रदेश सह–सचिव रेश्मीराज घिमिरे, क्यान महासंघ रुपन्देहीका, पुर्व अध्यक्ष लोकहरी पाण्डे, डा. विपिन आचार्य, बुटवल बहुमुखी क्याम्पस स्ववियु सभापति दुर्ग बहादुर एम.सी., क्यान महासंघ रुपन्देहीका कार्यसमितिका पदाधिकारी, आजीवन सदस्य तथा सदस्यहरु, विभिन्न संघ संस्थाका प्रतिनिधि गरी कुल २०० जनाको सहभागिता रहेको क्यान महासंघ रुपन्देहीका अध्यक्ष माधव अर्यालले जानकारी दिए ।
कार्यक्रममा बृद्धबृद्धा, विद्यार्थी, स्थानीय व्यक्ति लगायत अन्य सर्वसाधारण व्यक्ति गरी करिव २०० जना व्यक्तिहरुले यस शिविर कार्यक्रमबाट निशुल्क सेवा लिएको क्यान रुपन्देहीकी सहसचिव कमला बस्नेत कुँवरले जानकारी दिइन् । कार्यक्रमको संयोजन संस्थाका कार्य समिति सदस्य कृष्ण घिमिरेले गरेका थिए ।