© २०२३
बुटवल, १ चैत । ‘स्वस्थ्य मृगौला सबैका लागि सबै ठाउमा’ नारासहित विश्वभर आज मृगौला दिवस मनाईएको छ । विश्व मृगौला दिवसको अवसरमा बुटवलमा बृहत् जनचेतना रयालि गरिएको छ । गौतमबुद्घ सामुदायिक मुटु अस्पतालको आयोजनामा रोटरी डिष्ट्रिक ३२९२ को सहकार्यमा वृहत सचेना रयाली तथा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा मृगौलारोग विशेषज्ञ डा रजत कायस्थले विश्वमा नै मृगौला रोगका कारण नै मानिसको मृत्यु हुने दर अन्य रोगको तुलानमा बढ्दो रहेको बताए । ‘यो डरलाग्दो तथ्याक हो ।’— उनले भने । मृगौली विशेषज्ञहरुका लागि यो राम्रो तथ्याक नभएको उनले दुखेसो गरे । नेपालमा ३ करोड जनसंख्यामध्ये ३० लाखमा कुनै न कुनै मृगौलाको समस्या रहेको उनले बताए । ‘देशमा जनसंख्याको १० प्रतिशतमा मृगौलाको समस्या छ ।’—उनले भने ।
आम नागरिकलाई मृगौला रोग र रोकथामबारे समुदायस्तरमा बुझाउने कार्यक्रमलाई सरकारबाट जोड दिनुपर्ने उनले सुझाव दिए । मानिसहरुमा खानपानको नियन्त्रण, नियमित ब्यायाम, नियमित स्वस्थ्य जाँच गर्ने बानी बसाल्ने गरि अभियान चलाउनुपर्ने उनले बताए । मधुमेह र रक्तचापका बिरामीमा बढि मृगौलाको समस्या देखिने उनले बताए ।
कार्यक्रम रोटरी ईन्टरनेश्नल ३२९२ का डिजि राजेन्द्र ध्वजुले सामााजिक क्षेत्रमा अग्रसर रहेको रोटरीको सेभेन फोकस एरियामध्ये स्वस्थ्य क्षेत्रमा पर्ने भन्दै यसमा विशेष जोड दिएको बताए । कार्यक्रममा अस्पतालका डाईरेक्टर समीर गौतम, अस्पतालका अध्यक्ष एजाज आलम, अस्पतालका सचिव बाबुराम बोहराले कार्यक्रमबारे प्रकाश पार्दै समुदायस्तरमा कार्यक्रमलाई जोड दिएको बताए ।