Butwal Today

गुल्मीमा साढे एक हजारलाई ‘जग्गा निस्सा’

१ चैत्र २०८०, बिहीबार
अ+
अ-

गुल्मी, १ चैत । गुल्मी जिल्लाका भूमिहीन र अव्यवस्थीत सुकुम्बासीलाई निस्सा बितरण गरिएको छ । १ हजार ६ सय जनालाई निस्सा बितरण गरिएको छ । राष्ट्रिय भूमि आयोग जिल्ला समिति गुल्मीले जिल्लामा १ हजार ६ सय जनालाई निस्सा वितरण गरिएको हो ।
राष्ट्रिय भूमि आयोग जिल्ला समितिले पछिल्लो साढे दुई वर्षको अवधिमा भूमिहीन सुकुम्वासी र अव्यवस्थितलाई निस्सा प्रदान गर्नु भनेको जग्गा वितरण गर्नु अगाडि उपलब्ध गराईने एक प्रकारको प्रमाण हो । समितिले पछिल्लो साढे दुइ वर्षको अबधिको तथ्याङ्क अनुसार जिल्लाका १२ स्थानीय तह अन्र्तगत दुई हजार पाँच सय ९९ लाभग्राही रहेको राष्ट्रिय भूमि आयोग जिल्ला समिति गुल्मीका अध्यक्ष राममल्ल ठकुरीले जानकारी दिएका छन ।

समितिले सदरमुकाम तम्घासमा पत्रकार सम्मेलनको आयोजना गरि कार्य सम्पादन एवं प्रगति बिवरणको बारेमा जानकारी गराएको हो । जिल्लामा भूमिहीन दलित तीन सय आठ, भूमिहीन सुकुम्वासी दुई सय ६१ र अव्यवस्थित बसोबासी दुइ हजार ३० गरी कुल दुइ हजार पाँच सय ९९ लाभग्राही रहेको बताइएको छ ।

समितिले हालसम्म जिल्लाका १२ स्थानीय तहहरू मध्य ११ वटामा निस्सा वितरण गरि सकेको छ । मुसिकोट नगरपालिका, रुरुक्षेत्र गाउँपालिका र चन्द्रकोट गाउँपालिकामा जग्गा नापजाँचको काम सम्पन्न भैसकेको छ । यसका साथै समितिले विगतका आयोगहरूले वितरण गरेका जग्गाधनि प्रमाणपूर्जा÷श्रेष्ताका आवश्यक थप पुरक प्रमाणहरू पेश गर्न सूचना प्रकाशित समेत गरिसकेको जनाएको छ ।
राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई तीन सय ४० वर्ग मिटिर जग्गा पाउने छन् । त्यस्तै अव्यवस्थित बसोबासीहरूको एक हजार वर्ग मिटर र कृषि प्रयोजनका लागि दश हजार वर्ग मिटर मात्र जग्गा उपलब्ध हुने समितिका विज्ञ सदस्य तिलाचन पाण्डेले जानकारी गराएका छन । भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको हकमा भने दोहोरो लिन नपाइने विज्ञ सदस्य पाण्डेले बताए ।

भूमि आयोगद्वारा स्थानीय तहमा पालिका प्रमुख तथा अध्यक्षको संयोजकत्वमा प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव
रहने गरी सहजीकरण समिति गठन गरिएको छ ।