ट्रेंडिंग:

>> तिलोत्तमा व्यापार संघद्वारा शुभकामना आदानप्रदान >> औषधि ब्यवसायीको अभिमुखिकरण तथा शुभकामना आदानप्रदान >> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ >> बुटवलमा वडाबाट राष्ट्रिय परिचयपत्र >> शिक्षक महासंघले बुझायो २४ बुँदे सूची >> लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता >> बढ्यो रेमिट्यान्स, दुरूपयोगको चिन्ता >> भुर्तेल लयमा फर्किदा ब्रेक भयो दीपेन्द्रको राष्ट्रिय कीर्तिमान >> दुई दशकपछि बेपत्ताको ‘दाहसंस्कार’ >> मुसिकोट दरबार संरक्षणमा सेनासँगै

कर्णालीको नेतृत्व लिन दुई दलको लबिङ

प्रदेशमा छलफल भएन, माओवादी नेताहरु काठमाडौमै
२९ फाल्गुन २०८०, मंगलवार
२९ फाल्गुन २०८०, मंगलवार

सुर्खेत, २९ फागुन । केन्द्रिय सत्ता समीकरण बदलिएसँगै कर्णाली प्रदेश सरकारको नेतृत्व लिन नेकपा एमाले र माओवादी नेताहरुको लबिङ शुरु भएको छ । कुनै पनि हालतमा प्रदेशको नेतृत्व छोड्न नहुने पक्षमा यी दुवै दल पुगेका छन । यही विवादका कारण काँग्रेस सरकारबाट बाहिरिएपछि रिक्त रहेका तीन मन्त्रालयमा पदपुर्ति हुन सकेको छैन ।

एमालेले पनि प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेपछि हालका मुख्यमन्त्री राजकुमार शर्मासहित माओवादी केन्द्रका प्रदेशस्तरका नेता काठमाडौँ पुगेका छन् । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मुख्यमन्त्री र पार्टीका प्रदेश अध्यक्ष सहितको टोली छलफलमै रहेको छ । शनिबार काठमाडौँ पुगेको टोलीमा मुख्यमन्त्री शर्मा, माओवादी प्रदेश अध्यक्ष विमला केसी, प्रदेश इञ्चार्ज कालिबहादुर मल्ललगायतका नेताहरु छन् ।

माओवादी प्रदेश अध्यक्ष विमला शर्माले प्रधानमन्त्रीसँग छलफलमा रुहेको जानकारी दिइन् । ‘प्रधानमन्त्री ज्युको विश्वासको मत पाएपछि प्रदेशको विषयमा टुंग्याउने कुरा भएको छ’ केसीले भनिन्, ‘अहिले प्रदेशको विषयमा बाहिर आएका कुराहरु आधिकारिक होइनन् ।’
कर्णाली माओवादीको आधार इलाका मानिन्छ सोही कारण प्रदेशको नेतृत्व माओवादीले नै गर्नुपर्ने माओवादीका नेताहरुको भनाई छ । यही विषयमा प्रधानमन्त्रीसँग छलफल गर्न प्रदेशका नेताहरुको टोली काठमाडौंमा रहेका छन् ।

यता एमाले जसरी भएपनि यसपाली प्रदेशको नेतृत्व गर्न पाउनुपर्ने अडान राखेको छ । ०७४ मा एमालेले बहुमत हुँदा पनि माओवादीलाई नेतृत्वमा पु¥याएको, ०७९ मा पनि एमालेको समर्थनमै राजकुमार शर्मा मुख्यमन्त्री बनेको र पटक–पटक एमाले सरकारबाट बाहिर रहेकाले यो पटक एमालेले मुख्यमन्त्रीमा दाबी गरिरहेको छ । एमाले नेता यामलाल कँडेल २०७४ देखि नै मुख्यमन्त्री बन्ने दौडमा छन् । मुख्यमन्त्री बन्नकै लागि प्रदेशसभाको चुनाव लडेका उनी पार्टीभित्रैबाट असहयोग हुँदा मुख्यमन्त्री बन्न सकेनन् । २०७४ को चुनावमा एमालेको २० सिट हुँदा पनि पार्टीभित्रकै चार जना नेताले फ्लोर क्रस गर्दा प्रतिपक्षको भुमिकामा बस्नुपयो । तसर्थ यसपटक नयाँ गठबन्धनमा जसरी पनि एमालेले नै प्रदेशको नेतृत्व गर्न पाउनुपर्ने एमाले प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक टेकराज पछाईंको भनाई छ । पछाईले केन्द्रमा पनि यस विषयमा लबिङ भइरहेको बताए ।

कर्णालीको नेतृत्वका लागि दुबै दलहरुले आ–आफ्नो तरिकाले केन्द्रमा ‘लबिङ’ गरिरहेका छन् । प्रदेशको नेतृत्वको विषयमा केन्द्रले नै टुङ्गो लगाउने भएकाले प्रदेशमा भने दलहरुबिच खासै छलफल हुन सकेको छैन ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission