© २०२३
बुटवल, २६ फागुन ।
महाशिवरात्री पर्व एवम ११४ औ नारी दिवसको अवसरमा ब्रह्माकुमारी ग्लोबल पिस रिट्रिट सेन्टर ढवाहाको आयोजनामा “महिला सशक्तिकरण द्वारा समाज परिवर्तन“ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ब्रह्माकुमारीज नेपालका सह निर्देशक कमला दिदीले महिला सशक्तिकरणका लागि भौतिकताको साथसाथै आध्यात्मिकताको बोध हुनुपर्ने कुरामा जोड़ दिएकी थिईन् । जसरी शरीरमा नाडी ठिक भयो भने पूरा शरीर ठिक हुन्छ त्यसरी नै घरमा नारी ठिक भयो भने पुरा परिवार, समाज ठिक हुने उनले बताईन् ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले महिलाको हक हितको लागि भिनिन्न कार्यक्रमको बारेमा जानकारी दिदै नारी सशक्तिकरणका लागि ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयबाट धेरै कुरा सिक्नु पर्ने बताइन् । कार्यक्रममा प्रदेश सभासद भगवती घिमिरे, ब्रम्हाकुमारी रीता दिदी लगायतले बोलेका थिए ।