ट्रेंडिंग:

>> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी

पर्रोहा क्याम्पस अध्यक्ष चुनाव : एमाले नेता चौधरीलाई स्वतन्त्र युवा थापाले चुनौति दिंदै

२५ फाल्गुन २०८०, शुक्रबार
२५ फाल्गुन २०८०, शुक्रबार

बुटवल, २५ फागुन ।   रुपन्देहीको सैनामैना मुर्गियामा रहेको पर्रोहा बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्ष पदका लागि स्वतन्त्र युवा उम्मेदवार नेत्र थापाले नेकपा एमालेका नेतालाई चुनौति दिएका छन् । २८ गते हुने चुनावका लागि अन्य पदमा एकल उम्मेदवारी परेपनि अध्यक्षमा भने स्वतन्त्ररुपमा युवा थापाले एमाले प्रदेश कमिटी सदस्य तथा क्याम्पसको सञ्चालक समिति अध्यक्ष खुशिराम चौधरीविरुद्ध उम्मेदवारी दर्ता गरेका छन् ।
शैक्षिक संस्थालाई राजनीति गर्ने थलो बनाइएको र दलहरुले भागबण्डा गरेर पालैपालो पद लिने तर काम नगर्ने परिपाटी तोड्न आफूले उम्मेदवारी दिएको थापाले तर्क गरे । वहुमुखी क्याम्पसमा एउटा संकाय मात्र चलाएर नहुने भएकाले अन्य संकायहरु थप्ने, दाताहरु खोजेर छात्रवृत्ति अक्षयकोषहरु स्थापना गरी विद्यार्थीलाई छात्रवृत्ति दिने लगायत काम गरी नमुना क्याम्पस बनाउन सक्ने भिजन आफुमा भएको थापाको भनाई छ ।

आफ्नो उम्मेदवारीबाट तर्सिएर एमाले लगायत दलका नेताहरुले आफ्नो उम्मेदवारीमा समर्थन गरेकालाई समर्थन फिर्ता लिन लगाउने काम भएको र उम्मेदवारी फिर्ताको मिति पटक पटक थप्दा आफूलाई जानकारी नगराइएको थापाले बताए । उनले शैक्षिक संस्थाको नेतृत्वमा दलका नेता आउन हुन्न स्वतन्त्र व्यक्ति आउनुपर्छ भन्ने धेरै विद्यार्थी र अभिभावकको मत रहेको दावी गरे । ‘उहांहरुलाई सैनामैना खानेपानीको केही हप्ता अघिको चुनावमा जस्तै परिणम उल्टिन्छ भन्ने डरले मलाई घेराबन्दी गरेका छन्’–थापाले भने ।

अध्यक्षका उम्मेदवार चौधरीले कोरोना महामारीका कारण सोचे जति काम गर्न नसकेको स्वीकार गर्दै क्याम्पसको भवन बनाउंदा लागेको ऋण तिर्नुपर्ने बीएचएम र बीबीए विषयको पढाई थप्ने तयारी भएकाले एक कार्यकाल दोहोरिन चाहेको बताए ।
२०६७ सालमा स्थापना भएको क्याम्पसमा अहिले बीबीएस कक्षा मात्र सञ्ञचालन भइरहेको छ । ४ सय विद्यार्थी रहेको क्याम्पसमा ३८५ जना मतदाता रहेका छन् ।
क्याम्पस सञ्चालक समिति सदस्यमा मन्जु ज्ञवाली,सरस्वती पोखरेल पन्थी,चन्द्रकान्त पाण्डेय,धनबहादुर कार्की र प्रेमकुमार शर्माको एकल उम्मेदवारी परेको छ । क्याम्पसमा बीबीएस विषय मात्र सञ्ञचालनमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?