© २०२३
बुटवल, २४ फागुन । महिलाहरूको क्षमता अभिबृद्धि गरि आत्मनिर्भर र आर्थिकरूपले सवल बनाउन सकेमा मात्रै महिलाहरूको उचित सम्मान हुने धारणा एक कार्यक्रमका बक्ताहरूले ब्यक्त गरेका छन् । महिला अधिकारका बारेमा धेरै कुराहरू उठ्ने गरेको भएपनि महिला सशक्तिकरण र सवलीकरणका बारेमा उचित प्रबन्ध गर्न नसक्दा महिलाका अधिकारहरू कुन्ठित हुने गरेको उनिहरूले बताएका छन् ।
११४ औं अन्तर्राष्ट्रिय नारी दिवशका अवसरमा मानव अधिकार तथा शान्ति समाज रूपन्देहीले सैनामैनामा आयोजना गरेको महिलाहरूका लागि प्रबिधिमैत्री बित्तिय पहुँच अभिबृद्धी कार्यक्रमका बक्ताहरूले सो कुरा बताएका हुन । महिलाहरूको क्षमता अभिबृद्धीसँगै महिलाहरूलाई उत्पादनसँग जोडेर आत्मनिर्भरताको बाटोमा अघि बढाउनु आवश्यक भएको सहभागिहरूको भनाई थियो ।
कार्यक्रममा सैनामैना नगरपालीकाका प्रमुख फणेन्द्र शर्माले महिलाहरूलाई उत्पादन र उद्यमशिलतासँग जोडेर आर्थिक रूपले सवललिकरण गर्नसकेमा महिलाबिरुद्ध हुने सबैखाले हिंसा अन्त्य भएर जाने बताए । महिलालाई सवल बनाई आत्मनिर्णयको अधिकार दिन आवश्यक रहेको पनि नगरप्रमुख शर्माको भनाई छ । मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय समितिका सल्लाहकार गोविन्द खनालले महिला हिंसाको समुल अन्त्य र महिलाको अधिकार संरक्षण गर्न आवश्यक रहेको चर्चा गरेका थिए । महिला बलियो भए मात्र समाज बलियो हुने धारणा ब्यक्त गर्दै अध्यक्ष खनालले महिलाहरूको क्षमता अभिबृद्धि गरि आत्मनिर्भर र आर्थिकरूपले सवल बनाउनु पर्ने कुरामा जोड दिएका थिए ।
कार्यक्रममा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका मानव संशाधन श्रोत प्रमुख प्रभास राई, डिजिटल बैंकिङ्ग अफिसर नारायण न्यौपाने, मुर्गिया शाखाका म्यानेजर दिपक पौडेल एबं राजिव गौतम र एनएमबी बैंकका म्यानेजर कमल ढकाल लगाएतले सहजीकरण गर्दै बैंकिङ्ग ज्ञान, नविनतम प्रबिधी ज्ञान र शेयर कारोबारबारे अभिमुखीकरण गरेका थिए । अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा मानवअधिकार तथा शान्ति समाज रूपन्देहीको आयोजनामा धौलागिरी बहुउद्देश्यीय सहकारी संस्थाका ७५ जना महिलाहरूलाई सो प्रशिक्षण प्रदान गरिएको शाखा सभापति कृष्ण भट्टराईले बताए । कार्यक्रममा साईन रेसुंगा डेभलपमेन्ट बैंक, एन.एम.बि बैंक मुर्गिया शाखा र धौलागिरी सहकारी संस्थाको समन्वय र सहयोग रहेको जानकारी गराएका छन् ।