© २०२३
बुटवल, २४ फागुन ।
रम्भादेवि ग्रुप अफ अर्गानाईजेसनबाट सञ्चालित बुटवल उपमहानगरपालिका वडा नं १२, तामनगरस्थित न्यु भिजन सेकेण्डरी स्कुलमा पुरस्कार वितरण तथा बृहत् साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । एक समारोहका बिच प्याब्सनका प्रदेश अध्यक्ष लालहरि पाण्डेले उद्घाटन गर्दै शैक्षिक रुपमा लुम्बिनी उत्कृष्ट हासिल गर्न यहाँका निजि संस्थाहरुको योगदान रहेको बताए । शैक्षिक क्षेत्रमा निजी लगानीबाट गरेको योगदानको उचित मुल्याकन गर्दै सरकारबाट दृष्टिकोण परिवर्तन हुन जरुरी रहेको उनले बताए ।
कार्यक्रममा प्याब्सनका प्रदेश अध्यक्ष लालहरि पाण्डे, ग्रुपका अध्यक्ष सुर्य बहादुर भट्टराई, प्रबन्ध निर्देशक मनोज बस्नेत, रम्भादेवि टेक्निकलका प्राचार्य मनोज काफ्ले, विद्यालयका प्राचार्य केशव श्रीस, वडा नं १२ का वडाअध्यक्ष डिल्ली प्रसाद शर्मा आचार्य, समाजसेवी उदयराज काफ्ले, हिरा तरामु, अभिभावक संघ लुम्बिनी प्रदेशका अध्यक्ष हेम थापा, विद्यालयका सहप्राचार्य कमल खनालले २०७८ सालको परिक्षामा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा ग्रुपका अध्यक्ष सुर्य बहादुर भट्टराईले समुदायको माग अनुसार समयसापेक्ष प्राविधिक शिक्षा प्रदान गर्दै दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान दिदै आएको बताए ।
कार्यक्रममा ग्रुपका प्रबन्ध निर्देशक मनोज बस्नेतले समुदायमा युवाहरुलाई किताबी ज्ञानभन्दा प्राविधिक शिक्षा प्रदान गरि दक्ष जनशक्ति उत्पादन गर्न आफुहरु सफल भएको बताए । विद्यार्थीहरु केवल शैक्षिकमात्र नभई नृत्य, कराते, भलिबल, क्रिकेट, बास्केटबल लगायत खेलकुद र अन्य विविध गतिविधिहरुमा समेत उत्कृष्टता हासिल गर्दै आएको उनले बताए ।
विद्यालयमा कक्षा नर्सरी देखि १२ कक्षासम्म १ हजार १ सय तथा प्राविधिक शिक्षातर्फ एचए, ल्याब, रेडियोलोजी, सिभिल इन्जिनियरिङमा गरि ५ सय विद्यार्थीहरु अध्ययरत छन । कार्यक्रममा विद्यार्थीहरुले गणेश नृत्य लगायत विविध साँस्कृतिक प्रस्तुति गरेका थिए ।