© २०२३
चितवनको रत्ननगर नगरपालिका १० स्थित एकता शिशु निकेतनको होस्टेलमा शंकास्पद रूपमा मृत फेला परेकी शालिन पोखरेलको मृत्यु कसरी भएको हो भन्ने बिषयमा अहिलेसम्म सत्यतथ्य कुरा बाहिर आईसकेको छैन । घटना अनुसन्धानका लागि प्रहरीले स्कुलका प्रिन्सिपल, भाइस प्रिन्सिपल र होस्टलको वार्डेनलाई पक्राउ गरेको छ । शालिनका परिवारले बलात्कारपछि हत्या गरिएको आरोप लगाएपनि पोस्टमार्टम रिपोर्टमा बलात्कार नभएको देखिएपछि शालिन मृत्यु प्रकरण जटिल विषय वनेको छ । शालिन पोखरेलको मृत्यु घटनाले सिंगो समाजलाई स्तब्ध बनाएको छ । यो घटनाले नेपालीको शिर झुकाएको छ । बलात्कार पश्चात हत्या गरिएको भन्ने परिवारको आरोपको गहिरो छानबिन जरुरी छ । प्रधानमन्त्री प्रचण्डले समेत घटनामा संलग्नमाथि सशक्त कारबाही हुनुपर्ने आवाज उठाउनु भएको छ । शालिनको मृत्यु प्रकरण हत्या होस या आत्महत्या, यो घटनाले हाम्रो समाज कति बिकृत बन्दै गएको छ भन्ने छर्लङ्ग भएको छ । नेपालका विभिन्न स्थानमा बारम्बार दोहोरिरहेका यस प्रकृतिका घटनाले नेपालीको मन बिक्षिप्त वनाएको छ । साथै दण्डहीनता यसैगरी मौलाउनुका पछिको कारण खोजी जरुरी छ । त्यसबीच शालिन पोखरेलको मृत्यु बलात्कारबाट नभएको पोष्टमार्टम रिपोर्टमा उल्लेख गरिएको छ । उनको मृत्युको बिषयमा अनेक आशंका उठिरहेको बेला झुण्डिएर मृत्यु भएको पोष्टमार्टम रिपोर्टमा उल्लेख गरिएपछि रिपोर्टलाई समेत आशंकाको घेरामा राखिएको छ । पोष्टमार्टम रिपोर्टप्रति शालिनको परिवार विश्वस्त हुन सकेको छैन । अव यो गम्भीर विषयमा सम्बन्धित निकायले निष्पक्ष ढंगले अनुसन्धान गर्नु जरुरी छ । शालिन मृत्युको घटनामाथि निष्पक्ष छानबिनको मार्दै विभिन्न संघ संगठनले सरकारको ध्यानाकर्षण गराएका छन् । शालिनको मृत्यु रहस्यमै छ ।
अर्कोतर्फ विगत ५ बर्ष अघि भएका यसै प्रकृतिसंग मिल्ने घटनाले सिंगो मुलुकलाई नै स्तब्ध बनाएको हो तर उक्त घटना पनि अहिलेसम्म रहस्यमै छ । यस्ता धेरै घटना भएका छन, जसले नेपाली समाजलाई स्तब्ध बनाएका छन । शालिन पोखरेलको मृत्यु प्रकरणलाई अझै गंभीरताका साथ छानवीन गर्नु जरुरी छ । शालिनको मृत्युपछि पनि जिल्ला प्रहरी कार्यालय चितवनले चार दिनसम्म जाहेरी लिन अस्वीकार गर्नु भनेको त्यसभित्र गंभीर कुरा छ भन्ने हो । अर्कोतर्फ उनले आत्महत्या नै गरेको हो भने पनि स्कुल प्रशासनले उनको दुरुस्त छानवीनका लागि सवैलाई बोलाउनु पथ्र्यो तर हतार हतारमा उनको शव उठाउने काम भएकोले धेरै आशंका उत्पन्न भएको छ । अर्कोतर्फ शालिन बाबु आमाको स्नेहबाट सानै उमरेदेखि टाढै थिइन । बाबु आमाको सम्वन्ध विच्छेदका कारण शालिनको मनोविज्ञानमा ठूलो असर परेको यो घटनाक्रम साक्षी छ । अर्कोतर्फ विगत केही दिनयताका घटनाक्रमले के देखाएको छ भने महिलामाथि जघन्य प्रकारका अपराध हुन थालेका छन । त्रासमा पिल्सिएका महिलामाथि घरेलु हिंसाको चरम यातना त छँदैछ त्यसका साथै बलात्कार, अपहरण र हत्याको मारमा परेका छन् । नेपाली समाज महिलामाथि हुने हिंसाका घटनाले सवैलाई विक्षिप्त तुल्याएको छ । शालिन मृत्यु प्रकरण त्यसको एक उदाहरण हो । दण्डहीनताको संस्कृतिले जरो गाडदै गएको कारणले गर्दा नै जसले जे गरे पनि हुन्छ भन्ने मानसिकताका कारण अपराध दिनानुदिन बढ्दै गइरहेको छ तर त्यसप्रति कसैको ध्यान जान सकेको छैन । शालिन मृत्यु प्रकरणको रहस्य अझै गर्भमै रहेकोले छिटो भन्दा छिटो छानवीन गरि सत्यतथ्य सार्वजनिक गर्नेतर्फ ढिलाई नगरियोस् ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी