© २०२३
काठमाडौं,२१ फागुन । कांग्रेससंगको गठबन्धन भत्काएर नयां गठबन्धन शुरु गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल पुनर्गठन गरेका छन् ।
सोमवार नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ, नेकपा एमालेका पदम गिरी र रास्वपाका डोलप्रसाद अर्याललाई प्रचण्डले मन्त्री नियुक्त गरे ।
तीन मन्त्रीले सोमवार नै राष्ट्रपति कार्यालयमा शपथ लिएका छन् । तीनै जनाले विनाविभागीय मन्त्रीको रूपमा शपथ लिएका हुन् ।
गत वर्ष पुस १० गते एमाले सरकारमा सहभागी हुँदा पदम गिरी स्वास्थ्य तथा जनसंख्या मन्त्री र अर्याल श्रम तथा रोजगार मन्त्री थिए ।