ट्रेंडिंग:

>> अनुसन्धानको पाटोलाई सरकारले उपेक्षा गरेको आरोप >> अन्तर्राष्ट्रिय सम्मेलनमा लुम्बिनीका मुख्यमन्त्री आचार्यको प्रस्तुतिः बुद्ध सर्किटमा मोनोरेल र नमुना राजधानीका लागि विदेशी लगानीको आह्वान >> बक्यौता नउठाई उद्योगमा लाइन जोड्ने सरकारको निर्णयविरुद्ध रिट दायर >> महालेखाले अर्थमन्त्रीलाई बुझायो एकीकृत आन्तरिक लेखा परीक्षण प्रतिवेदन >> पूर्वमन्त्री अधिकारीलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति >> रवि लामिछानेको प्रतिक्रिया- ‘खोरमा थुन्दैमा बाघ स्याल हुँदैन्’ >> अदालतका दुई कर्मचारी घुससहित पक्राउ >> कतार एयरवेजद्वारा गौतमबुद्ध विमानस्थलबाट सेवा सुरु >> वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ >> फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ ले आइतबारसम्म कति कमायो ? >> धर्मका नाममा राजनीति र अतिवाद हुन हुँदैन- प्रधानमन्त्री ओली >> नेप्सेमा ११ अंकको गिरावट, ७ अर्बको कारोबार >> दीपक मनाङे जेल चलान >> नागढुङ्गाबाट सुनसहित एक भारतीय पक्राउ >> अवैध लागूऔषधसहित पक्राउ >> दीपक मनाङेलाई जिल्ला अदालतमा पेश, आजै कारागार चलान हुने >> नेपालको कुवेतमाथि १६५ रनको फराकिलो जित >> कृषि यन्त्रको प्रयोगले खेतीपाती सहज >> रास्वपाका पदाधिकारी र सांसदविरुद्धको अवहेलना मुद्धा दर्ता गर्न सर्वोच्चको आदेश >> रवि लामिछानेको सरकारी वकिलको कार्यालयमा बयान लिन शुरु >> बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय >> स्थानीय तहको उपनिर्वाचनको उम्मेदवार बन्न कस्तो योग्यता चाहिन्छ ? >> अखिल तिलोत्तमाको अक्षयकोष निर्माण अभियान >> कप्तान पुजाको शतकमा नेपालले कुवेतलाई दियो २१४ रनको विशाल लक्ष्य >> सवारी दुर्घटना न्युनीकरण गर्न गृहमन्त्रीको प्रहरीलाई निर्देशन >> लामिछानेलाई भैरहवा ल्याइयो, विमानस्थल बाहिर रास्वपाका कार्यकर्ताको प्रदर्शन >> रवि लामिछाने चढेको विमान पोखराबाट उड्यो >> रवि लामिछाने पोखरा विमानस्थलमै, भैरहवाको मौसम प्रतिकुल हुदा उडान हुन सकेन >> बुटवलमा प्रिमियम र स्मार्ट नामी इभी गाडी सार्वजनिक >> फिल्म ‘कार्साङ’ मा जितु नेपालको क्यारेक्टर लुक्स सार्वजनिक >> सुन तोलाको २४ सयले घट्यो >> नेपाली यू-१९ टिमले कर्नाटकाको यू-१९ टिमसँग मूलपानीमा पाँच अभ्यास खेल खेल्ने >> भारतको उत्तरपूर्वी राज्य मणिपुरको जिरिबाममा अनिश्चितकालीन कर्फ्यू >> दीपक मनाङे पक्राउ >> लाल आयोगको प्रतिवेदनमा के छ ? >> ट्रम्प र पुटिनबीच टेलिफोन कुराकानी नभएको मस्कोको दाबी >> काठमाडौँ महानगरले सामुदायिक विद्यालयका विद्यार्थीलाई १६ खेलमा प्रशिक्षण दिने >> माओवादीको विरोध सरकारमा नहुनुको छटपटी हो- प्रधानमन्त्री ओली >> एकादशीमा गुल्मी र पाल्पाका पालिकामा बिदा >> रामग्राम स्तुपमा आउने धार्मिक पर्यटक व्यवस्थापनमा चुनौति >> पर्यटकहरूमाथि हुने सास्ती रोकियोस् >> कता गैरहेको छ, शिक्षामा भएको लगानी ? >> सीमा पारीको प्रदूषण, वारी सास्ती >> पहाडी हावापानीमा लटरम्म किवी >> रवि लामिछानेलाई बुटवल ल्याइँदै >> तिहारको देउसी–भैलोः संस्कृतिको बचाउ कि, कमाउ धन्दा ? >> तीस बर्षपछि स्वास्थ्य चौकीले पायो नयाँ संरचना >> आज हरिबोधनी एकादशी : तुलसीसँग विष्णुको विवाह गरी मनाइदै >> यू-१९ महिला विश्वकप एसिया छनोटः आज नेपाल र कुबेत भिड्दै >> डाइनामिक टेक्नोसफ्टलाई अन्तर्राष्ट्रिय अवार्ड

नागरिक समाज दाङको संयोजकमा थापा 

१९ फाल्गुन २०८०, शनिबार
१९ फाल्गुन २०८०, शनिबार

दाङ, १९ फागुन ।

नागरिक समाज दाङको संयोजकमा नीमबहादुर थापा निर्वाचित भएका छन् । समाजका संयोजक केबी मसालको अध्यक्षता तथा पूर्व संयोजक टीकाराम रेग्मीको प्रमुख आतिथ्यमा आज घोराहीमा सम्पन्न छैठौँ अधिवेशनले थापाको संयोजकत्वमा आगामी तीन वर्षे कार्यकालका लागि उपसंयोजक र एक जना सदस्य कार्यसमितिको सिफारिसमा पछि तोक्ने गरी १३ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरिएको हो ।

जसको सचिवमा नारायणप्रसाद श्रेष्ठ, कोषाध्यक्षमा बसन्तराज भट्टलाई चयन गरिएको छ । उपसंयोजक पदमा कार्यसमितिको सिफारिसमा चयन गरिने भएको छ । यसैगरी, सदस्यहरुमा हरिप्रसाद पाण्डेय, नारायण शर्मा, दामोदर भण्डारी, नवराज श्रेष्ठ, निर्मला गौतम, शरद गौतम, लक्ष्मी आचार्य, हरिप्रसाद रिजाल, दधिराम खनाल र खगेश्वर पोख्रेल चयन भएका छन् ।

सो अवसरमा रेग्मीले हिजोका दिनदेखि नागरिकको आवाज उठाउने काम गर्दै आएको नागरिक समाजले आफ्ना जिम्मेवारीबाट बाहिर उम्कन नमिल्ने बताए । मुलुकको राजनीतिक परिवर्तनमा बलियो उपस्थिती जनाएको नागरिक समाजको भूमिका आजको दिनमा पनि नागरिकका पक्षमा मुखरित हुनुपर्नेमा जोड दिए ।

समाजका लागि आवश्यक संस्थाका रुपमा स्थापित नागरिक समाजलाई सबैले अपनत्व हुने गरी अघि बढ्न र जिम्मेवार निकायका रुपमा काम गर्न आग्रह गरे। नागरिकको जनजीविकाका पक्षमा राज्यका निकायसम्म आवाज पुर्याउने काममा नागरिक समाजले खेल्दै आएको भुमिकालाई अझ सशक्त बनाउनुपर्ने उनको भनाई थियो ।

अधिवेशनमा सचिव नारायणप्रसाद श्रेष्ठको सांगठनिक र कोषाध्यक्ष हरिलाल विश्वकर्माले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको थियो ।

कार्यक्रममा नागरिक समाजका पूर्व संयोजक चन्द्रराज पन्त, नेपाल पत्रकार महासंघ दाङ शाखा पूर्व अध्यक्ष प्रताप रेग्मी, वर्तमान अध्यक्ष दुर्गालाल केसी, नागरिक समाजकी पूर्व सचिव लक्ष्मी आचार्य, राप्ती साहित्य परिषदका पूर्व केन्द्रीय अध्यक्ष पुरुषोत्तम खनाल, वर्तमान केन्द्रीय अध्यक्ष डा. टीकाराम उदासी, लेखक संघका अध्यक्ष खगराज पाण्डे, घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका वरिष्ठ उपाध्यक्ष भरतमणि पाण्डे, समाज कल्याण केन्द्रकी अध्यक्ष निर्मला गौतम, मानव अधिकार सञ्जालका अध्यक्ष केशवकुमार शर्मालगायत बोलेका थिए ।

उपसंयोजक नीमबहादुर थापाको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण समाजका सदस्य हरिप्रसाद पाण्डेयले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?