ट्रेंडिंग:

>> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते

छत्रेश्वरीमा छाडा गाई व्यवस्थापन

१९ फाल्गुन २०८०, शनिबार
१९ फाल्गुन २०८०, शनिबार

सल्यान, १९ फागुन । सल्यानको भोटेचौरमा सञ्चालन भइरहेको गौशालामा नयाँ निर्माण कार्य सुरु भएको छ । छत्रेश्वरी गाउँपालिका वडा नम्बर ६ भोटेचौर स्थित भुवनेश्वरी सामुदायीक वन नजिकमा रहेको गौशालामा भवन निर्माण हुन लागेको हो । शुक्रबार छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले भवनको सिलान्यास गरेका हुन् । सो अवसरमा उनले गाई संरक्षण तथा व्यवस्थित रूपमा गौशाला सञ्चालनका लागि गाउँपालिकाले सक्दो सहयोग गरिरहेको बताए । विगतमा छाडा गाईका कारण विभिन्न समस्या हुनेगरेकोमा स्थानीयहरूकै सक्रियतामा गौशाला सञ्चालन भएपछि किसानको खेतबारीमा पसेर बालिनाली, फलफूूल र तरकारी खेतीमा हुने नोक्सानीको समस्या हल हुँदै गएको अध्यक्ष बुढाथोकीको भनाई छ ।

उत्पादन दिन छाडेपछि घरमा पालेको घाईलाई सार्वजनिक रूपमै छाड्ने गर्दा त्यसका कारण विभिन्न समस्या आउने गरेकोमा छत्रेश्वरी गाउँपालिकाले गाई संरक्षणमा ध्यान दिएको हो । गाउँपालिकाले भोटेचौर संगै वडा नम्बर ३ को बडाचौरमा पनि छाडा गाई व्यवस्थापनको काम गरिरहेको जनाएको छ ।छत्रेश्वरी ६ का वडा अध्यक्ष टिकाराम बुढाले हिन्दू वैदिक सनातन धर्ममा गाईको महत्व धेरै रहेको उल्लेख गर्दै गौ रक्षाका लागि पनि भोटेचौरको गौशालालाई उदाहरणीय रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिए । विगतमा लान्ती देखी शंखमुल क्षेत्रमा छाडा गाईका कारण किसानहरूलाई आफ्नो बाली जोगाउन चुनौती र दिनरात गोठालो बस्नुपर्ने बाध्यतालाई मध्यनजर गरेर गौशाला व्यवस्थापन गरिएको उनको भनाई छ ।

पशु सेवा कार्यालय सल्यानको ५ लाख, छत्रेश्वरी गाउँपालिकाको ३ लाख २५ हजार र स्थानीय उपभोक्ताहरूको १ लाख ७५ हजार गरेर १० लाख रूपैयाँ लागतमा भोटेचौरमा गौशाला निर्माण सुरु गरिएको भोटेचौर गाई व्यवस्थापन समितिका अध्यक्ष रेशम बहादुर खड्काले जानकारी दिए । गत वर्ष गाउँपालिकाले नै गाई बस्ने गोठ निर्माण गरिदिएको भन्दै उनले जनशक्ति व्यवस्थापनका लागि पनि सहयोग गरिरहेको बताए । गौशालामा खटिने हेरालुलाई बस्नको लागि समस्या भएपछि त्रिपक्षिय सम्झौता अनुसार गौशाला निर्माणको काम सुरु गरिएको खड्काको भनाई छ । गौशालामा अहिले गाईको संख्या ३० रहेको समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?