Butwal Today

रुन्न बरिलै भन्दै आइन् सुजाता

१८ फाल्गुन २०८०, शुक्रबार
अ+
अ-

बुटवल,१८ फागुन । गायिका सुजाता पाण्डेको आवाजमा लोक आधुनिक गीत रुन्न बरिलै बजारमा आएको छ। तेज प्रसाद पाण्डेको संगीत र डा. बिष्णुमुर्ति भट्टराईको  शब्दमा सुजाताले स्वर दिएकी हुन् ।

गीतको संगीत संयोजन सुरेश सेन्चुरीको रहेको छ भने छायांकन र सम्पादन सुदीप पाण्डेले गरेका छन् । यो गीत संगीतकार तेज प्रसाद पाण्डेको आफ्नै युट्युब च्यानल तेज संगीतमार्फत बजारमा आएको हो।

यो गीतको सिर्जना  काठमाडौं बाहिर रहेर बर्षौंदेखि निरन्तर गीत संगीतमा साधनारत तेज प्रसाद पाण्डे र गीतकार डा. बिष्णुमुर्ती भट्टराईको वरिष्ठ सङ्गीतकार सुरेश सेन्चुरीसंग भेटपछि तयारी सुरु भएको हो ।

सुजाता नेपाल आइडल सिजन १ मा टप ५ मा पुग्न सफल गायिका हुन् । संयोग कस्तो छ भने यो गीत सिर्जनाका सबै सर्जक रुपन्देही निवासी र रुपन्देहीमै कार्यरत छन् । गीतको भाव, संगीत र शब्द सबै हिसाबले कर्णप्रिय बनेकोले दर्शक स्रोताले मन पराउने विश्वास रहेको पाण्डेको भनाई छ । ‘यो एउटा सदावहार गीत बन्ने छ भन्ने कुरामा पूरै आशावादी छौं’–गायिका सुजाताले भनिन् ।  https://www.youtube.com/watch?v=wO2tUwNqwPg