© २०२३
बुटवल, १३ फागुन। नेपाल स्वयंसेवी रक्तदाता समाज जिल्ला शाखा रुपन्देही अन्तरगत दुर्लभ रक्तदाता ब्यवस्थापन गर्ने गरि समिति गठन भएको छ। स्वस्थ्य रगत: सबैको लागि नारासहित दुर्लभ रक्तदाताहरुको भेलाले भगवती अर्यालको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको हो। जसको सदस्यमा हिरा बहादुर के सी, तिलकराम पाण्डे, केशव प्रसाद श्रेष्ठ, लक्ष्मी थापा क्षेत्री, गिरिराज पाण्डे, ईश्वरी गाैतम, लक्ष्मी बस्नेत, प्रकाश अधिकारी, सरस्वती पन्थ र बिन्दु गाैतम रहेका छन।
नवनिर्वाचितसंयोजक भगवती अर्यालले रुपन्देहीमा छरिएर रहेका दुर्लभ रक्तदाताहरुलाई संगठित गरि रगत अभावलाई पूरा गर्न संस्थागत रुपमा सहयोग गर्ने बताईन।
कार्यक्रमको एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवि अर्यालले उद्घाटन गर्दै रक्तदान पवित्र काम भएको बताईन । नगरबासीहरुलाई निशुल्क रक्तदानको ब्यवस्थापन गरेको उनले बताउदै स्थानिय सरकार रगत ब्यवस्थापनको अभियानलाई सधै साथसहयोग गर्दै आएको बताईन। रगत अभावमा कुनै पनि बिरामीलाई मृत्युवरण हुन नदिन संस्थागत रुपमा भएको अभियान महत्वपूर्ण भएको उनले बताईन। दिर्घरोगीहरुलाई वार्षिक कार्ययोजना बनाएर सहयोग गर्दै आएको उनले बताईन। कार्यक्रममा ३० जना बढि रक्तदाताहरुलाई सम्मान गरिएको छ। कार्यक्रममा समाजका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले दुर्लभ रक्तदाताहरुको भेला तथा सम्मान गरि संस्थागत एकतावद्घ बनाईने बताए । निशुल्क रक्तदान गर्ने रक्तदाताहरुको सहि तथ्याक राख्ने कामको जिम्मा लिएको नेपाल रेडक्रसबाट कामाा चुकेको उनले बताए। रुपन्देहीमा ३५७ जना दुर्लभ रक्तदाताहरु रहेको उनले बताए। ब्लड बैकको २०७९/८० मा ३२ हजार पोजिटिभ खपत हुदा ७९४ युनिटमात्र नेगेटिभ रक्तदान खपत भएको उनले बताए। प्रत्येक शनिबार निरन्तर १२ वर्ष देखि रक्तदान कार्यक्रम गर्दै आएको उनले बताए। रगत खपतका हिसाबमा पुरुषको तुलनामा महिलाहरुलाई धेरै रगत खपत हुने गरेको भन्दै रक्तदानमा अग्रसरता बढाउन विभिन्न कार्यक्रम गरिदै आएको उनले बताए। शरिरमा खेर जाने रगतलाई ३-३ महिनामा दान गरिदा त्यसबाट उपचारमा रहेका बिरामीहरु दुर्लभ रक्तदाताहरुलाई सहज हुने उनले बताए।
कार्यक्रममा स्त्रीरोग विशेषज्ञ डा बिबि राउतले बिरामीको उपचारमा चिकित्सक सधै गम्भीर हुने भन्दै कतिपय अवस्थामा शल्यक्रियाको क्रममा रगत अभावमा देखिँदा कठिनाई आईपर्ने बताए।
कार्यक्रममा बालरोग विशेषज्ञ डा सन्तोष पोखरेल, चौराह हस्पिटल प्रालिका एमडी बिरु भण्डारी, रुपन्देही व्यापार संघका कोषाध्यक्ष मणि खनाल, लुम्बिनी प्रादेशिक अस्पतालका सत्यराज शाक्य, महासचिव अर्जुन प्रसाद पौडेल,