© २०२३
बुटवल, १२ फागुन ।
११९ औं रोटरी डेको अवसरमा रोटरी क्लब अफ तिनाउ बुटवलले विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्नुको साथै उनीहरुको दन्त परीक्षण गरेको छ । क्लबले तिलोत्तमाको हाम्रो सगरमाथा आधारभूत बिद्यालयका बालबालिकाको निःशुल्क दन्त परीक्षण सहित शैक्षिक सामाग्री वितरण गरेको हो ।
दन्त परीक्षणमा रोटरी क्लब अफ लुम्बिनी स्टारले सहकार्य गरेको थियो भने समाज डेन्टलले प्राविधिक सहयोग गरेको थियो ।
कार्यक्रममा बोल्दै रोटरी डिष्ट्रिक ३२९२ का एसिस्टेन्ट गभर्नर यादब भण्डारीले रोटरी क्लव तिनाउ बुटवलले स्वास्थ्य र शिक्षाको क्षेत्रमा खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । उनले क्लबले दैनिक ज्याला मजदुरी गरी जीविकोपार्जन गर्दै आएका समुदायका बालबालिकाहरुले अध्ययन गर्ने हाम्रो सगरमाथा आधारभूत विद्यालयमा गरेको निरन्तर सहयोगले बालबालिकाहरुलाई विद्यालय सम्म पुग्न प्रेरित गर्दै आएको बताए ।
पछिल्लो समय बजारमा प्याकेटमा तयार गरी राखिएका खाना खाजाका कारण बालबालिकाहरुको स्वास्थ्यसंगै दाँतमा किरा लाग्ने, कमजोर हुने जस्ता समस्या देखिने गरेकोले यस्ता शिविरले दाँतको नियमित सरसफाई र सुरक्षाका लागि सचेत बनाउने बताए । कार्यक्रममा क्लबका एडभाईजर एवं डिस्ट्रिक कन्फ्रेन्स कमिटी चेयर एजाज आलम, रोटरी डे सेलिब्रेशन कमिटी चेयर राजेन्द्र ढकाल लगायतले रोटरी क्लब अफ तिनाउ बुटवलले गर्दै आएका कामहरुलाई आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरे ।
कार्यक्रममा क्लबका अध्यक्ष अमृता भुषाल, सचिव अनिता भुषाल, रोटरी क्लब अफ लुम्बिनी स्टार्शका अध्यक्ष धु्रव कोइरालालगायतले मन्तव्य व्यक्त गरेका थिए ।