© २०२३
बुटवल ।
७४औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी, बेलहिया उपशाखाको आयोजना तथा सिद्धार्थनगर नगरपालिका वडा नं. १ को सहकार्यमा ‘खुल्ला रक्तदान कार्यक्रम’ सम्पन्न भयो ।
सिद्धार्थनगर वेलहियामा अवस्थित विशाल बजार प्राङ्गणमा रक्तदान गरिएका बेलहिया उपशाखाका अध्यक्ष राकेश गुरुङ्गले बताए । कार्यक्रमको उदघाटन नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका कोषाध्यक्ष तथा युवा समाजसेवी सुशील गुरुङ्गले गरेका थिए ।
त्यस अवसरमा गुरुङ्गले सदैव मानवीय सेवामा समर्पित रेडक्रसले समयानुकुल रक्तदान कार्यक्रम सञ्चालन गरेर रगतको अभाव हुन नदिई विरामीको ज्यान जोगाउन महत्वपूर्ण र पवित्र कार्य गरेको बताए ।
कार्यक्रममा भन्सार एजेन्ट महासंघ नेपालका पुर्व केन्द्रीय अध्यक्ष डा. शान्त कुमार शर्मा, नेपाल रेडक्रस सोसाइटी बेलहिया उपशाखाका पुर्व अध्यक्ष देवराज न्यौपाने, भन्सार एजेन्ट संघ सिद्धार्थनगरका अध्यक्ष मधु प्रसाद पन्थी, बेलहिया उपशाखाका निवर्तमान अध्यक्ष सुमन शर्मा लगायतले मानव जीवनमा रगतको महत्व, यसको सोधभर्ना, मानवीय कार्यमा रेडक्रसले खेलेको भूमिकाको बारेमा आफ्नो धारणा राखेका थिए । साथै कार्यक्रमा सशस्त्र प्रहरी डण्डा गुल्मका प्रमुख पुरुषोत्तम भण्डारी, जनप्रतिनिधि मिन बहादुर गुरुङ्ग, वेलहिया गाउँ समाजका अध्यक्ष सुमित प्रधान, ईलाका प्रहरी कार्यालयका प्रमुख कृष्ण प्रसाद विष्ट, सिद्धार्थ उद्योग वाणिज्य संघका महासचिव कृष्ण प्रसाद घिमिरे, लुम्बिनी खुकुरी क्लबका अध्यक्ष राम बहादुर बस्नेत, आफन्त नेपालका संयोजक अर्जुन गिरी, गृहलक्ष्मी समूहका अध्यक्ष मन्जु शर्मा, सोट्टो नेपाल लुम्बिनीका श्रीचन्द गुप्ता, नेपाल भारत मैत्री संघका अध्यक्ष पशुपति कान्दु, सिद्धार्थ उपशाखाका मनोज अग्रवाल, समाजसेवी दिपक कुँवर, मोहनसिंह शाही, मनु गुरुङ्ग, देवि न्यौपाने, ऋषि पाण्डे, ओजश शर्मा, रक्त सञ्चार केन्द्र भैरहवाका शान्ता कुँवर, कार्यक्रम संयोजक पंकज उदास, माधव शर्मा लगायतले मानवीय कार्यको प्रशंसा गरेका थिए । रक्तदान कार्यक्रममा कुल ४३ प्वाइण्ट रगत संकलन गरिएको थियो ।