ट्रेंडिंग:

>> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी

लुम्बिनी प्रदेशमै ठूलो टेक इभेन्ट २०२४ हुँदै

१० फाल्गुन २०८०, बिहीबार
१० फाल्गुन २०८०, बिहीबार

बुटवल, १० फागुन ।

लुम्बिनी प्रदेशमा पहिलो पटक ठूलो टेक कन्कलेभ आयोजना हुँदैछ । विगत ६ वर्षदेखि नेपालकै ठूलो टेक गैर– नाफामुलक संस्थाको रुपमा आफुलाई विस्तार गर्दै आएको कोड फर चेन्जले लुम्बिनी प्रदेशमै ठूलो टेक इभेन्ट” टेक कन्कलेभ २०२४” को आयोजना गर्न लागेको कोड फर चेन्जका अध्यक्ष कृष्ण पोखरेलले बताए ।

“कोड फर चेन्ज” ले टेक्नोलोजीको प्रयोग मार्फत समाजमा सकारात्मक परिवर्तन तथा सूचना प्रविधिका विद्यार्थीहरुको सुनिश्चित भविष्यको लागि वर्सेनि सयौं युवाहरु र विभिन्न संस्थाहरुसंग सहकार्यमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । यस भन्दा पहिले काठमाडौमा गरिरहेको यस्तो कार्यक्रम यस पटक भने लुम्बिनी प्रदेशमा गर्न लागेको अध्यक्ष पोखरेलले बताए ।

रुपन्देहीको भैरहवामा पत्रकार सम्मेलन गरी कार्यक्रमबारे अध्यक्ष पोखरेलले जानकारी दिएका थिए । “मुख्य गरी यो कार्यक्रम सूचना प्रविधिमा रुची राख्ने माध्यमिक तहका विद्यार्थी तथा स्नातक अध्ययन गरिरहेका विद्यार्थीहरुलाई लक्षित गरी आयोजना गरिएको हो”– उनले भने । यस कार्यक्रमको मुख्य उद्देश्य प्रविधि क्षेत्रमा काम गर्दै आएका कम्पनीहरु, कलेजहरु र विद्यार्थीहरु, सरकारी निकाय जम्मा गरी एक आपसमा देखिएको दुरीलाई कम र विद्यार्थीहरु र बिभिन्न निकायहरुबिच पुलको काम गर्ने रहेको बताए ।

लुम्बिनी प्रदेश युवा परिषद्संगको सहकार्यमा एशियन बुद्ध होटल सिद्धार्थनगर, भैरहवामा हुने भएको छ । कार्यक्रमले नेपालको सूचना प्रविधिको क्षेत्रमा टेवा पुर्याउने र प्रविधिमा काम गरिरहेका संस्था र व्यक्तिहरुविच एउटा कसिलो चेन निर्माण गर्ने दावी परिषद्का उपाध्यक्ष गोविन्द बहादुर खत्रीले बताए । उनले भने, “यस्तो कार्यक्रमले युवाहरुलाई प्रविधिमा प्रोत्साहन गर्छ सम्भावना पनि भएको कारण बिभिन्न प्रबिधिमा युवाहरु जस्तै सचेतना कार्यक्रम पनि गर्न जरुरी छ । प्रविधिमा युवाहरुको निःशुल्क आधारभूत क्षमता विकास युवाहरु सम्भावना र उनीहरुको क्षमतालाई पहिचान र काउन्सिल गर्न सके पनि युवाहरु स्वदेशमै टिक्न र बिक्न सक्छन ।

साथसाथै सुचना प्रविधिसंग सरोकार राख्ने सबैलाई फागुन १३ गते भैरहवामा हुन गैइरहेको टेक कन्कलेभ २०२४ मा सहभागी हुन समेत आह्वान गरिएको छ । सम्पूर्ण इछुक बिद्यार्थीलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले बताएको छ ।

यस कार्यक्रम भित्र सूचना प्रविधिको तिब्र विकास र भविष्य बारे पावर टक, समूहगत छलफल, प्रोजेक्ट प्रदर्शनी, स्टल भिजिट, नेटवर्किङ सेसन तथा अन्य मनोरन्जनात्मक कार्यक्रमहरु समावेश गरिएको छ । यस कार्यक्रमले प्रविधि क्षेत्रमा उदाउदै गरेका स्टार्टअप लाई पनि विशेष स्थान दिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?