© २०२३
बुटवल, १० फागुन । गुल्मी जिल्लाको पिपलधारा मुल घर भई विभिन्न काममको सिलसिलामा विभिन्न देशमा छरिएर रहेका युवाहरुको अनलाईन सम्पर्क संगठन पिपलधारा चौतारी सम्पर्क समिति विश्व संजाल गुल्मीको अध्यक्षमा लक्ष्मण जिसी निर्वाचित भएका छन । संजालको छैटौ अधिवेसनबाट जिसीको अध्यक्षतामा ३६ सदस्यीय नया कार्यसमिति समेत निर्वाचित भएका छन ।
जसको उपाध्यक्षमा मेहरसिह बस्नेत (भारत), केशवराज शर्मा (मेलसिया), महासचिवमा कमल आर बस्नेत (दुबई), सचिव हरि शर्मा (कतार), सहसचिव बिक्रम जिसी (साउदी अरब), कोषाध्यक्ष राम प्रसाद खनाल (कतार) र सहकोषाध्यक्ष बाबुराम खड्का (भारत) निर्वाचित भएका हुन । यसैगरि संस्थाको सल्लाहकारमा कमल जिसी, कृष्ण प्रसाद खनाल, टोप बहादुर गौतम लगायत २१ सदस्यीय सल्लाहकार समिति निर्वाचित गरिएको महासचिव कमल आर बस्नेतले बताए ।
यो संगठन सामाजिक संजाल ह्वाट्स अपको माध्यमबाट संगठित भएर सदस्यहरु जोडिएका छन । संस्थाले पिपलधारा जन्मगाउ भएका बैदेशिक रोजगारमा रहेका युवाहरुलाई संगठित गरि थोरै थोरै रकम जुटाएर शिक्षा, स्वस्थ्य, पुर्वाधार, मानविय सहायतामा आर्थिक सहयोग गर्दै आएको छ । बैठक, अधिवेसन आदी गतिविधि समुहले अनलाईन माध्यमबाट संचालन गर्दै आएको छ ।