ट्रेंडिंग:

>> माछा किसानलाई कृषि मिटर कहिले ? >> लुम्बिनी प्रदेशमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु >> महिला विरुद्ध हिंसा निराकरण गर्न प्रजिअ मार्फत ज्ञापनपत्र >> दीपमा प्रतिभा प्रस्फुटन कार्यक्रम >> कर्मचारी नभएपछि दुई दिन देखि वडा कार्यालय बन्द >> दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपालको शानदार जित >> प्रचण्डको सरकार रहुञ्जेल देश आर्थिक संकटमा पर्‍यो : शंकर पोखरेल >> एसपी कमल थापामाथि थप अनुसन्धान गर्न सरकारी वकिलको निर्देशन >> ‘चिनिया कार्ड’ अभिब्यक्तिबारे प्रचण्डकाे ओलीसमक्ष प्रस्टीकरण >> सुदुरपश्चिम पृतनामा रक्षा संवाददाता अभिमुखिकरण शुरु >> चीनसँग ऋण सम्झौता नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता >> ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित >> काठमाडौं महानगरको जरिवानापत्र एमालेलाइ हुलाकमार्फत पठाइयो >> तिलोत्तमा प्याब्सनमा गौतम >> पाटेबाघको छालासहित बुटवलका भट्टराई कपिलबस्तुमा पक्राउ >> चीन जानु अघि ओलीले गरे पुर्व प्रधानमन्त्री र परराष्ट्र मन्त्रीहरूसँग छलफल >> हिंसा जारी रहेको बखतमा बेला रूसी राष्ट्रपति पाकिस्तान भ्रमणमा >> इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन, १४ प्रहरी घाइते >> भन्सार दर घटेपछि एकैदिन तोलामा १५ हजार ९०० रुपैयाँले घट्यो सुनको भाउ, प्रतितोला कति पुग्यो? >> धरहरावाट प्रधानमन्त्रीले सार्बजनिक गरेर एनपीएलको ट्रफी >> बायु प्रदुषण गर्ने दिल्लीका सवारीलाइ १६४ करोड जरिवाना >> लुम्बिनीमा हवाइ सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड >> धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी >> अमेरिकाले फिर्ता गरयो भारतका १४०० कलाकृति, मुल्य १० मिलियन डलर भन्दा बढी >> ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रदै >> गुल्मीमा ६५ उत्कृष्ट उद्यमीहरू सम्मानित >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क >> ‘एन्टिबायोटिकको प्रयोगले विकराल समस्या’ >> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ?

सैनामैना खानेपानीको अध्यक्षमा ‘ठूला दल’लाई हराउंदै रास्वपाको जित

अरु सबै पदमा एमाले विजयी,कांग्रेस–माओवादी गठबन्धन शुन्य
८ फाल्गुन २०८०, मंगलवार
८ फाल्गुन २०८०, मंगलवार

बुटवल,८ फागुन । सैनामैना खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्ष पदमा सत्ता गठबन्धन तथा नेकपा एमालेलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन् ।

दुई हजार चार सय मत खसेको चुनावमा रास्वापाका एकबहादुर क्षेत्री ७०५ मत पाएर विजयी भएका हुन् । सत्ता गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार नारायण पाण्डेले ६४१,नेकपा एमालेका नारायण थापाले ६२६ र स्वतन्त्र उम्मेदवार रेशम खांडले २८१ मत पाए ।   अन्य सबै पदमा नेकपा एमालेका उम्मेदवारहरु विजयी हुंदा कांग्रेस–माओवादी–एकीकृत समाजवादी–राष्ट्रिय जनमोर्चाको गठबन्धन शुन्य भएको छ ।
अधिकांश पदमा रास्वपाका उम्मेदवारहरुले सत्ता गठबन्धनलाई पछि पार्दै दोस्रो स्थानमा मत ल्याएका छन् ।
उपाध्यक्षमा बाबुराम ज्ञवाली,सचिवमा शुशिल भण्डारी,कोषाध्यक्षमा केशरमणि भण्डारी,सहसचिवमा सजिना केसी,महिला सदस्यमा उमादेवी भण्डारी,मिना गिरी,कल्पना खनाल,, सदस्यहरुमा दुर्गाबहादुर थापामगर,जयलाल विक,समुन्द्रभित्रकोटी निर्वाचित भएका निर्वाचन समिति सदस्य राजबहादुर क्षेत्रीले जानकारी दिए ।
यस्तै लेखा समिति संयोजकमा तमबहादुर विक तथा सदस्यहरुमा कोपिला शाही र कलाधर अर्याल निर्वाचित भएका छन् ।
रास्वपा सैनामैनाका सभापति राजबहादुर क्षेत्रीले खानेपानीको यो चुनावले आफूलाई ठूला ठान्ने दलहरुको भ्रम अन्त्य गरिदिएको र उपभोक्ताहरु जागरुक भएको पुष्टी गरेको बताए । अध्यक्षमा निर्वाचित एकबहादुर क्षेत्रीले आफूहरुले खानेपानी धारा जडान शुल्क घटाउने, एकैपटक तिर्न नसक्नेलाई किस्तामा तिर्न पाउने व्यवस्था गर्ने, विपन्नलाई महशुल छुट गर्ने, संस्थामा आर्थिक सुशासन र पारदर्शिता कायम गर्ने बताए ।
नेपाली कांग्रेस सैनामैनाका एक पदाधिकारीले नाम उल्लेख नगर्न आग्रह गर्दै माओवादी र साना दलसंग गठबन्धन गरेर चुनावमा जाने कुरालाई स्थानीय स्तरमा पनि मतदाताले नरुचाएको यो चुनावले पुष्टी गरेको भन्दै पार्टीको जारी महासमिति वैठकले चुनाव अघि अन्य दलसंग गठबन्धन नगर्ने निर्णय पारित नगरे कांग्रेसको भविष्य अन्धकार बन्ने टिप्पणी गरे । रास्वपाको जितले ठूला भनिएका दलहरुले गम्भीर आत्म समीक्षा गर्नुपर्ने समेत उनले सुझाए ।
यसअघि तिलोत्तमाको खानेपानीमा एमाले, कांग्रेस र माओवादी सहितको गठबन्धन हुंदा समेत रास्वपाका केही उम्मेदवार विजयी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?