© २०२३
बुटवल, ७ माघ । युवाहरुलाई खेलकुद र सामाजिक गतिविधिमा अग्रसर गराउदै आएको बुटवल उपमहानगरपालिका वडा नं. १५ मा रहेको आदर्श युवा क्लबले रक्तदान कार्यक्रम गरेको छ । एक समारोहका बिच बुटवल उपमहानगरपालिका वडा नं १५ का वडाअध्यक्ष तथा नगरप्रवक्ता शिव रानाले कार्यक्रमको समुदघाटन गर्दै युवालाई एकताबद्ध गर्दै नेतृत्व विकाससंगै सामाजिक गतिविधिमा लगाउन क्लब सफल रहेको बताए । युवाहरुलाई सहि बाटोमा लैजान संघसंस्थाहरुमा उनिहरुको नेतृत्व जरुरी रहने उनले बताए ।
वडामा रहेका युवाहरुलाई अभिमुखिकरण, नेतृत्व तालिमसंगै खेलकुद गतिविधिमा जोड्दै समाजप्रति जवाफदेही बनाउने गरि आफुहरु लागेको क्लबका अध्यक्ष मनीष काफ्लेले बताए । शरीरमा ३–३ महिनामा स्वत खेर जाने रगतलाई दान गर्दा बिरामीको ज्यान बच्ने हुदा पनि यसबारे सचेतना जगाउने गरि कार्यक्रम गरेको उनले बताए ।
यसैबिच कार्यक्रममा वडा सदस्य कुल प्रसाद लम्साल, सुर्य काफ्ले, रमा पौडेल पराजुली, मन्जु दर्जी, दुर्गा माता भवानी मन्दिर चम्किपुरका अध्यक्ष सन्तोष सिमाङ्गैडा क्लबका सल्लाहकार बिर बहादुर थापाले क्लबको योगदानको बारेमा चर्चा गरे ।
नेपाल रेडक्रस सोसाईटी, रक्त सेवा संचार केन्द्र भैरहवाको प्राविधिक सहयोगमा दुर्गा माता भवानी मन्दिर बुटवल.१५, चम्किपुरमा भएको रक्तदान कार्यक्रममा ४१ पिन्ट रगत संकलन भएको क्लब सचिव सार्जन खातीले बताए ।