© २०२३
काठमाडौं,७ फागुन । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनियमदर सार्वजनिक गरेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ५३ पैसा र बिक्रीदर १३३ रुपैयाँ १३ पैसा निर्धारण भएको छ।
यसैगरी, युरोपियन युरो १ को खरिदर १४२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४६ पैसा, बेलायती पाउन्ड १ को खरिददर १६६ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६७ रुपैयाँ ७४ पैसा निर्धारण भएको छ।
यस्तै, अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ५७ पैसा र बिक्रीदर ८६ रुपैयाँ ९६ पैसा निर्धारण भएको छ। कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ ३५ पैसा र बिक्रीदर ४३२ रुपैयाँ ३० पैसा निर्धारण भएको छ।