© २०२३
बुटवल,५ फागुन । ठूला पोखरा सम्पर्क समाज बुटवलले रक्तदान गरेको छ । रक्तसञ्चार सेवा केन्द्र बुटवलमा भएको कार्यक्रममा ५१ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा नेपाल नियमित रक्तदाता संघका केन्द्रीय अध्यक्ष दयाबहादुर सिलवाल, समाजका संस्थापक अध्यक्ष राजेन्द्रप्रसाद पाण्डे, वर्तमान अध्यक्ष ज्ञानप्रसाद पौडेल,कार्यक्रम संयोजक छविलाल पाण्डे,लक्ष्मण रेग्मी लगायतले बोल्दै रक्तदान सबैभन्दा ठूलो मानवीय सेवा र धर्म भएको बताएका थिए । अर्घाखांचीको ठूलो पाखेराबाट रुपन्देहीमा आएर बसोबास गरेकाहरुको संस्था ठूला पोखरा सम्पर्क समाजले बेला बेलामा विभिन्न सामाजिक काम गर्दै आएको अध्यक्ष पौडेलले बताए । समाजको रक्तदान
न्युज बुटवलटुडे
५ फागुन,बुटवल । ठूला पोखरा सम्पर्क समाज बुटवलले रक्तदान गरेको छ । रक्तसञ्चार सेवा केन्द्र बुटवलमा भएको कार्यक्रममा ५१ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा नेपाल नियमित रक्तदाता संघका केन्द्रीय अध्यक्ष दयाबहादुर सिलवाल, समाजका संस्थापक अध्यक्ष राजेन्द्रप्रसाद पाण्डे, वर्तमान अध्यक्ष ज्ञानप्रसाद पौडेल,कार्यक्रम संयोजक छविलाल पाण्डे,लक्ष्मण रेग्मी लगायतले बोल्दै रक्तदान सबैभन्दा ठूलो मानवीय सेवा र धर्म भएको बताएका थिए । अर्घाखांचीको ठूलो पाखेराबाट रुपन्देहीमा आएर बसोबास गरेकाहरुको संस्था ठूला पोखरा सम्पर्क समाजले बेला बेलामा विभिन्न सामाजिक काम गर्दै आएको अध्यक्ष पौडेलले बताए ।